Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

सुर्खेत बहुउद्देश्यीयको १७ औं बार्षिक साधारण सभा 

पौष १४ सुर्खेत ।
नेपाल सरकारको तीन खम्बे निती अन्तर्गत सहकारीलाई स्थान दिएता पनि सहज तरिकाले काम गर्न नदिएकोमा एक कार्यक्रमका प्रमुख अतिथिले दुःख व्यक्त गर्नु भएको छ ।


सुर्खेत बहुउद्देश्यीयको सहकारी संस्थाले शनिवार(आज) सम्पन्न गरेको १७ औं बार्षिक साधारण सभामा, सभाका प्रमुख अतिथि एवंम् राष्ट्रिय सहकारी महासंघका संचालक पदम दाहाले उक्त कुरा बताउनु भएको हो । प्रमुख अतिथि दाहालका अनुशार कहि नभएको जात्रा हाडि गाउमा भने झै, नेपाल भन्दा बिकसित एवंम् संसारका ठुला राज्यहरु अमेरिकामा कर निती छैन र सरकारले सहकारीहरुलाई कर लगाएको छैन, यसै गरी सहकारीको क्षेत्रमा अग्रगति लिएका राज्यहरु भारत र श्रीलंकामा कर लाग्दैन भने बंगलादेशमा ३ प्रतिशत मात्र कर लाग्ने कुरा बताउदै नेपालका सहकारीहरुले मात्र किन यती कर तिनु पर्ने ।

प्रमुख अतिथिका अनुशार सरकारले नेपालको बिकास क्षेत्रका लागी सहकारीलाई मेरुदण्डका रुपमा राखेता पनि सहज तरिकाले कार्य गर्ने बातारण नभएको बताउनु भयो । सरहकारले एकातीर सहकारी मार्फत देशलाई बिकास गर्न सकिने भन्ने धारण त राख्यो तर अर्काै तीर शेयर सदस्यहरुले आफ्नो एक छाक काटेर सहकारीमा जम्मा गरेको बचतका साथै शुद्ध सेवा भावना बाट संचालित भएको सदस्यलाई चर्काे कर लगाएर ढांड सेक्ने कार्य गरको छ ।

सुर्खेत बहुउद्देश्यीयको सहकारी संस्थाका अध्यक्ष गणेशकुमार बस्नेतको सभापत्त्विमा सम्पन्न कार्यक्रममा, अतिथिहरु जिल्ला बहुउद्देश्यीय सहकारी संघका संचालक एवंम् काक्रेबिहार दैनिकका संचालक सुसिल शर्मा, सिद्धार्थ बहुउद्देश्यीेय सहकारी संस्थाका अध्यक्ष आसुराम सोमै, वीरेन्द्रनगर नगरपालिका वडा नं.०६का सदस्य उपेन्द्र खड्का, भेरीगंगा नगरपालीका वडा अध्यक्ष श्री बलबहादुर खड्का, जिल्ला सहकारी संघका प्रतिनिधि ढाकाराम न्यौपानेले साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

यसै गरी १७ बार्षिक साधारण सभामा सभामा सभापति गणेशकुमार बस्नेतले आर्थिक बर्ष २०७४/२०७५ सालको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सहकारीका कोषाध्यक्ष सुरेशबहादुर गौतमले आर्थिक बर्ष २०७४/०७५को रु ४१ करोड २५ लाख ८९ हजार ४ सय १५ रुपैयाको यर्थात कारोवरको प्रतिवेदन पेश गर्नु भएको थियो भने आगामी बर्ष २०७५/०७६का लागी रु ४४ करोड, ७५ लाख, ९५ हजार ९ सय १३ रुपैया बराबरको प्रस्तावित आर्थिक प्रतिवेदन पेश गनुभएको थियो । यसै गरी कर्जा— उपसमितीका संयोज महेश्वर तिवारीले कुल १४ करोड १४ लाख ७६ हजार व्यवसायिक, कृषि तथा पशुपालन, घरायसी, खाता जमानी, औषधी उपचार र शैक्षिक क्षेत्रमा कर्जा लागनी भएको प्रतिवेदन पेश गनु भएको थियो ।

संस्थाका सचिव दिपेन्द्र प्रसाद ढकालले सहजीकरण गर्नु भएको १७ औं बार्षिक साधारण सभामा शिक्ष्ाँ उप—समितीका संयोजक मिलन श्रेष्ठले शिक्ष्ाँ प्रतिवेदन तथा लेखा सुपरिवेक्ष्ँण समितीका संयोजक भद्र भण्डारीले लेखा प्रतिवेदन पेश गनुभएको थियो ।

१७ औं बार्षिक साधारण सभाको अवसरमा शैक्षिक सत्र २०७४को एस.ईई परिक्षामा सर्वेकृष्ट अंक प्राप्त गर्ने छात्रा तर्फ भेरीगंगा नगरपालिका लालसिंह बुढा क्षेत्रिकी छोरी भावना बुढा क्षेत्री र छात्र तर्फ सर्वेकृष्ट अंक प्राप्त गर्ने वीरेन्द्रनगर नगरपालीका लक्ष्मिकुमारी पराजुली भण्डारीको छोरा गणेश भण्डारीलाई नगर ५ हजार १ रुपैया र सम्मान पत्र सहित सम्मानित गरिएको थियो ।

यसै गरी आर्थिक बर्ष २०७४/२०७५ सालमा केन्द्रिय कार्यालय वीरेन्द्रनगरका असल बचतकर्ता पुरुष तर्फ राजन प्रकाश शाक्य, महिला तर्फ शारदा राई र सेवा केन्द्र मेहेलकुनाका पूरुष बचत सदस्य बिमल खड्का यसै गरी महिला बचतकर्ता शुशिला खत्रीलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो भने असल ऋणको कारोवार गर्ने ऋणीहरु गोरख रावत, सीताकुमारी थापा, तुलबहादुर वुढा र गौरी सुनारलाई सम्मान गरिएको थियो । सभामा मृतक स्वर्गिय लक्ष्मण कामीका श्रीमती सुमित्रा सुनारलाई राहत रकम प्रदान गरिएको थियो ।

सहकारीमा कार्यरत रहि उत्कृष्ट कर्मचारीको रुपमा कार्यरत केन्द्रिय कार्यालय वीरेन्द्रनगरकी कार्यालय सहायक राधिका भण्डारी र सेवा केन्द्र मेहेलकुनामा कार्यरत बजार प्रतिनिधि राजु बि.कलाई रु ५ हजार नगद र सम्मान पत्र सहित सम्मानित गरिएको थियो भने सुर्खेत बहुउद्देश्यीयको सहकारी संस्थाले रु ६४ लाख ६५ हजार ५ सय ३० रुपैया शुद्ध मुनाफा आर्जन गर्न सफल भएको छ भने हाल सम्म सहकारीको ४ करोड ९८ लाख ३६ हजार ९ सय रुपैया शेयर रहेको छ ।