Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

श्रमदिनमा सरसफाई तथा फलफुल वितरण

पौष १५ कालिकोट
कर्णाली प्रदेश सरकारको श्रमदिनका अवसरमा माननीय मुख्यमन्त्रीज्यूको नेतृत्वमा कालिकोटको सदरमुकाम मान्मावजारको सरसफाई गरिएको छ । सरससफाईमा माननीय आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला सहित जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।
त्यसैगरि प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर स्थित प्रशान्ति वृद्धाश्रम र शिव मन्दीर क्षेत्रमा पनि सरसफाई सम्पन्न भएको छ । कार्यक्रममा कर्णाली प्रदेश सरकारको श्रमदिनका अवसरमा माननीय भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवं प्रदेश सरकारकी प्रवक्ता विमला केसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय नन्दसिं वुढा र मुख्य न्यायधिवक्ता माननीय विद्याभुषण मानन्धर र प्रदेश सरकारका प्रमुख सचिव रामप्रशाद थपलियाज्यू लगायतको सहभागिता रहेको थियो । सरसफाईसंगै वृद्धाश्रममा फलफुल पनि वितरण गरिएको थियो ।