भलिबल प्रतियोगिताको उपाधी चुली युवा क्लबलाई
पौष १६ जाजरकोट ।
तेस्राे जाजरकोट महाेत्सवमा संचालित भलिबल प्रतियोगिताको उपाधी चुली युवा क्लब सुर्खेतले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा मालिका ट्रेड लिंक जाजरकाेटलाइ हराउँदै प्रतियोगिताको उपाधी चुली युवा क्लबले जितेको हो । मालिका ट्रेड लिंकलाइ २५-१७, २८-३० , २५-२२ र २७-१७ (३-१) काे सेटमा हराउँदै चुली युवा क्लबले उपाधी जितेको हो ।
सुरुका १-१ सेट जितेपछि खेल निकै रोमान्चक बनेको थियो । उपाधी जितेको चुलीको टोलिले एक लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाएको छ । त्यस्तै चुलीसंग हारेको मालिकाले ७७ हजार ७ सय ७७ रुपैँयामा चित्त बुझाएको छ । त्यस्तै तेस्रो भएको ज्वाला दल गणले ५५ हजार ५ सय ५५ रुपैँया पुरस्कार पाएको छ । तेस्राे जाजरकोट महोत्सवस् कृषि ब्यापार तथा पर्यटन मेलाको अबसरमा ११ गते देखि खलंगामा प्रतियोगिता संचालन गरिएको थियो ।
प्रतियोगिता निकै ब्यबस्थित र भब्यरुपमा सम्पन्न भएको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष नर बहादुर बस्नेतले बताए ।प्रतियोगितामा ९ टिमले सहभागीता जनाएको खेलकुदका कार्यालय प्रमुख जयप्रसाद आचर्यले जानकारि दिए । खेल जिल्ला खेलकुद बिकास समिती जाजरकोटको आयोजनामा सम्पन्न भएको हो । पुरस्कारका लागि एउटा ट्रफि जागृती पुस्तक पसलका प्रोपराइटर जगतप्रसाद शर्माले प्रदान गरेका थिए ।






