Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

सरस्वती प्रतिक्षाको ‘नथिया’ र उन्मुक्त पुस्ताको ‘आफर’लाई पहिचान पुरस्कार

यस वर्ष पहिचान पुरस्कारको लागि उन्मुक्त पुस्ताको ‘आफर’, सरस्वती प्रतिक्षाको ‘नथिया’, नविन जिरेलको ‘भिषण दिनहरु’, बसन्त बस्नेतको ‘७२ को बिस्मय’ र गणेश राईको ‘फोकल्याण्ड जर्नल’ छानिएका थिए । ती मध्ये ‘नथिया’ र ‘आफर’ अन्तिम छनोटमा परेको पहिचान पुरस्कार कोषका संस्थापक नरेश काङमाङ राईले जानकारी दिए ।

नथिया यो वर्षको चर्चित उपन्यास कृर्ति हो । दाङको पश्चिम उत्तर क्षेत्रमा अपहेलित रुपमा रहँदै आएका वादी महिलाको कथालाई उपन्यासमार्फत प्रस्तुत गरिएको छ । उपन्साय बारे प्रतिक्षाको भनाई छ, ‘विसं २०३६ देखि २०४६ सालसम्मको वादी महिलाको कथालाई प्रस्तुत गर्नु सहज थिएन । मैले दुस्साहस गरेकी हुँ, ९५ प्रतिशत सत्य घटना समेट्ने प्रयास गरेको छ ।’

गणतन्त्रको घोषणापछि आफ्ना माग पूरा गराउन सिंहदरबारमा भित्री बस्त्रमात्रै लगाएर प्रदर्शनमा उत्रिएका वादी महिलाले आफूलाई उपन्यास लेख्ने प्रेरणा दिएको उपन्यकार प्रतीक्षाको भनाइ छ । भन्छिन्, ‘मलाई १० वर्ष लाग्यो उपन्यास सकाउन । समाजले उनीहरुलाई हेर्ने नजर देख्दा म धेरैपटक रोएँ, धेरैपटक मलाई पनि पीडा दियो, वादी महिलाको दुःख देख्दा । मेरो विश्वविद्यालय पढ्दादेखिको सपना पूरा गरेको छु ।’

‘आफर’ सामुहिक कविता कृर्ति हो । उन्मुक्त पुस्ताका तर्फवाट केवल बिनाबी, केशरी अम्गाइ,केशव सिलवाल, प्रकाश गुरागाइ, माधव घिमिरे अटल, मुक्तान थेवा, राजु स्याङ्गतान र हरिशरण परियारका प्रतिनिधी ३३ कविताहरु संग्रहित आफरलाइ समता फाउन्डेसनले प्रकाशन गरेको हो । आफर समाजमा हज्जारौं बर्षदेखी थिचोमिचोमा परेका सिमान्तकृतहरुको पीडालाइ कवितामा उनेर दलित मुक्ति आन्दोलनमा एउटा आयाम थपेको कवि तथा साहित्यकार आहुती बताउँछन् ।

२ लाख २ हजार दुई रुपैया राशीको यो पुरस्कार यो वर्ष दुवै पुस्तकलाई १ लाख २ हजार दुई रुपैया प्रदान गरिने कोषले प्रेस विज्ञप्तीमा जनाएको छ ।

यसभन्दा अगाडी ३ वटा कृतिहरुले पहिचान पुरस्कार पाइसकेको छ । राजन मुकारुङको ‘फेरिदो सौन्दर्य’, अर्जुन खालिङको ‘गोयङको सुगन्ध’ र यज्ञशको ‘भुइया’ले पहिचान पुरस्कार पाएको छ । यसपल्ट वितरण गरिने पहिचान पुरस्कार चौथो संस्करण हो । पुरस्कार पुरस्कार बैशाखको दोस्रो हप्ता वितरण गरिने भएको छ ।

नया पेज बाट