Loading... आजः १३ बैशाख २०८३, आईतवार । Sunday 26th April 2026
ताजा खबर
  

कुष्ठरोग अझै नियन्त्रणमा आउन सकेन

पौष १७ सुर्खेत ।

नेपालमा अझै पनि कुष्ठरोग नियन्त्रणमा आउन सकेको छैन । आइएनएफ सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा अझै पनि कुष्ठरोग नियन्त्रणमा आउन नसकेको बताइएको हो । पत्रकार सम्मेलनमा बोल्दै साइनिङ्ग अस्पताल सुर्खेतका व्यवस्थापक मंगल थारुले यस्तो बताउनु भएको हो । पत्रकार सम्मेलनमा बोल्दै थारुले भन्नुभयो, ‘कर्णाली प्रदेशमा हरेक वर्ष समान अनुपातमा नयाँ कुष्ठरोगका विरामीहरु फेला परिरहेका छन् । त्यसैले सरकारको लक्ष्य अनुसार हामीले यसलाई प्रति १० हजार जनामा १ जना भन्दा कममा लैजान सकिएको छैन ।’ थारुका अनुसार आर्थिक वर्ष २०७०/०७१ मा ३६ जना कुठरोगका विरामी फेला परेका थिए । जसमध्य ३० जना कर्णाली प्रदेशका हुन् । यसैगरी २०७१/०७२ मा नयाँ आएका ५८ कुष्ठरोगी मध्य ५२ जना कर्णालीका हुन् । २०७२/०७३ मा ६४ जना मध्य ५३ जना कर्णालीका रहेका छन् । साथै २०७३/०७४ मा ७७ मध्य ७१ जना, २०७४/०७५ मा ६० मध्य ५६ जना र यस आर्थिक वर्षको मंसिर सम्ममा १० जना मध्य ९ जना कर्णालीका नागरिक रहेका छन् ।

inf surkhetको लागि तस्बिर परिणाम
यस तथ्याङ्कका अनुसार २०७०/०७१ यता कुष्ठरोगीका नयाँ ३०५ विरामी मध्य २७१ जना विरामी कर्णाली प्रदेशमा रहेका छन् । कर्णाली प्रदेशमा कुष्ठरोग भएकाहरु उपचारकालागि आउन थालेका छन् । रोगको वारेमा जानकारीलगायतका जनचेतनात्मक कार्यक्रमहरुका कारण कुष्ठरोग भएकाहरु उपचारका लागि आउन थालेको वीरेन्द्रनगरमा रहेको साईनिङ्ग अस्पतालका व्यवस्थापक मंगल थारुले बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामीले कुष्ठरोगका वारेमा मानिसहरुको भेला हुने स्थानमा समेत जानकारी दिदै आएका छौ । त्यसैले पनि रोगलाई नलुकाएर उपचारकालागि आउनेको संख्या बढेको हो ।’

बिगत वर्षहरुको तुलनामा यस वर्ष कुष्ठरोग भएका नयाँ नागरिकहरु कम भेटिएतापनि अन्य वर्ष झै नागरिकहरु रोगको उपचारकोलागि आएको उनले बताउनु भयो । कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा कुष्ठरोग प्रभावित तथा अपाङ्ग भएका व्यक्तिहरुको समुह निर्माण तथा छलफलले पनि नागरिकहरु कुष्ठरोगको उपचारकालागि खुल्न थालेको व्यवस्थापक थारुले बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘नयाँ कुष्ठरोगीहरुको पहिचान तथा उपचारका लागि स्वास्थ्य स्वयम्सेवीहरुलाई सहयोग तथा तालिमको आयोजना समेत गरिरहेका छौ ।’ यस्तै कर्णाली प्रदेशमा सबैभन्दा धेरै नयाँ कुष्ठरोगी फेला परेको जिल्ला सुर्खेत रहेको छ । सुर्खेतमा २०७०/०७१ मा ९ जना, २०७१/०७२ मा २४ जना, २०७२/०७३ मा २७ जना, २०७३/०७४ मा २७ जना, २०७४/०७५ मा २३ जना र चालु आर्थिक वर्ष २०७५/०७६ को मंसिर महिनासम्म ४ जना नयाँ कुष्ठरोगीका विरामी फेला परेका छन् ।

दैलेखमा २०७०/०७१ मा ७ जना, २०७१/०७२ मा १२ जना, २०७२/०७३ मा ८ जना, २०७३/०७४ मा १२ जना, २०७४/०७५ मा ६ जना र चालु आथिृक वर्ष २०७५/०७६ को मंसिर महिनासम्म १ जना नयाँ कुष्ठरोगीका विरामी फेला परेका छन् । जाजरकोटमा २०७०/०७१ मा ७ जना, २०७१/०७२ मा ७ जना, २०७२/०७३ मा ७ जना, २०७३/०७४ मा २१ जना, २०७४/०७५ मा ११ जना र चालु आर्थिक वर्ष २०७५/०७६ को मंसिर महिनासम्म १ जना नयाँ कुष्ठरोगीका विरामी फेला परेका छन् ।

सल्यानमा २०७०/०७१ मा १ जना, २०७१/०७२ मा ३ जना, २०७३/०७४ मा २ जना, २०७४/०७५ मा ५ जना नयाँ कुष्ठरोगीका विरामी फेला परेका छन् । रुकुममा २०७०/०७१ मा २ जना, २०७३/०७४ मा ३ जना, २०७४/०७५ मा ३ जना र चालु आर्थिक वर्ष २०७५/०७६ को मंसिर महिनासम्म १ जना नयाँ कुष्ठरोगीका विरामी फेला परेका छन् । जुम्लामा २०७०/०७१ मा १ जना, २०७१/०७२ मा १ जना, २०७२/०७३ मा १ जना, २०७३/०७४ मा २ जना, २०७४÷०७५ मा ३ जना र चालु आर्थिक वर्ष २०७५/०७६ को मंसिर महिनासम्म १ जना नयाँ कुष्ठरोगीका विरामी फेला परेका छन् ।

यसैगरी हुम्लामा २०७०/०७१ मा २ जना र २०७४/०७५ मा ३ जना नयाँ कुष्ठरोगीका विरामी फेला परेका छन् । डोल्पामा २०७२/०७३ मा २ जना नयाँ कुष्ठरोगीका विरामी फेला परेका छन् । मुगुमा २०७३/०७४ मा १ जना र २०७४/०७५ मा १ जना नयाँ कुष्ठरोगीका विरामी फेला परेका छन् । कालिकोटमा २०७०/०७१ मा १ जना, २०७१/०७२ मा ५ जना, २०७२/०७३ मा ३ जना, २०७३/०७४ मा ३ जना, २०७४/०७५ मा १ जना र चालु आर्थिक वर्ष २०७५/०७६ को मंसिर महिनासम्म १ जना नयाँ कुष्ठरोगीका विरामी फेला परेको साइनिङ्ग अस्पतालका व्यवस्थापक मंगल थारुले जानकारी दिनुभयो ।