Loading... आजः १४ बैशाख २०८३, सोमबार । Monday 27th April 2026
ताजा खबर
  

राप्रपा सुर्खेतले एकता दिवस तथा पृथ्वी जयन्ती मनाउदै

पौष २२,सुर्खेत ।

राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतले पुष २७ गते राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाउने भएको छ ।
Image result for prithvi narayan shah
राप्रपा सुर्खेतको मासिक बैठकले एकता मनाउने निर्णय गरेको हो । राप्रपा सुर्खेतका जिल्ला अध्यक्ष मान ब. खड्काको अध्यक्षतामा बसेको बैठकले कार्यक्रमको लागी समिति तयार पारेको छ । बैठकले अशोक थापा को संयोजक मा १८ जनाको समिति बनाएको छ ।

यसैगरी राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती आयोजक समितिमा सह-संयोजक मा प्रेम बिसी सहित १६ जना सदस्य गठन गरेको छ ।
बैठकमा सरकारले कटौती गरेको एकता दिवसको बिदाको घोर भर्सना गर्दै पौष २७ गते र्‍याली सहित भव्य रुपमा राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको छ ।