Loading... आजः १२ आश्विन २०८३, सोमबार । Monday 28th September 2026

युवाहरु जुटे च्याउको विउ उत्पादनमा

पौष २३ सुर्खेत

जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नंं. १० का युवाहरु गुणस्तरीय च्याउको विउ उत्पादन कार्यमा जुटेका छन् । करिब १४ लाखको लगानीमा उनीहरु च्याउको विउ उत्पादन गर्न लागिएको साधना मसरुम सिड एण्ड रिसर्च सेन्टर सुर्खेतका दिपक कुमार खत्रीले जानकारी दिनुभयो ।

पछिल्लो समयमा कृषि क्षेत्रमा आकर्षित हुन थालेका युवाहरु व्यावसायिक खेती तर्फ उन्मुख भएकोमा युवाकै नेतृत्वमा कृषि क्षेत्रले समृद्धिको ढोका खोल्ने टोल विकास संस्थाका अध्यक्ष थानेश्वर कंडेलले बताउनु भयो । रिजमका प्रतिनिधि गोपाल विकले किसानहरुलाई फाइदा पुग्ने गरी बिउ उत्पादन गर्न सुझाउनु भयो । उहाँले भन्नुभयो, ‘तपाईहरुले उत्पादन गरेको बिउले राम्रो उत्पादन भएमा कृषकहरु तपाईहरुले नै उत्पादन गरेको बिउको माग राख्ने गदर््छन् । त्यसैले कृषकहरुलाई कुनै पनि हालतमा नोक्सानी नपुग्ने तरिकाले बिउको उत्पादन गर्दा चनाखो हुनुहोला ।’


विउ उत्पादन सम्बन्धि जानकारी दिने उद्देश्य तथा प्रथम सार्वजनिक सुनुवाई कार्यक्रममा दिपक कुमार खत्रीले भन्नुभयो, ‘हामीले सरकारी तथा गैर सरकारी निकायहरुको सहयोग पाएको खण्डमा कर्णालीका प्रत्येक जिल्लाहरुमा लगायत अन्य जिल्लाहरुमा समेत बिउ वितरण गर्न सक्छौ ।’


अहिले उक्त मसरुम सेन्टरले कन्ये, गोब्रे, सिताके, मिल्कि लगायतका च्याउको विउ उत्पादन गरिरहेको छ । कार्यक्रममा समाजसेवी कर्णप्रसाद अधिकारी, रविन्द्र खड्का, प्रकाश शाही लगायतको उपस्थिति रहेको थियो ।