Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

माघे संक्रान्ति मेला आजदेखि सुरु

पौष २५ सुर्खेत ।

माघे संक्रान्तिको अवसरमा नेपाल मगर संघ सुर्खेतले आयोजना गरेको माघे संक्रान्ति मेला आजदेखि वीरेन्द्रनगरमा सुरु भएको छ । पाँच दिनसम्म चल्ने उक्त माघे संक्रान्ति मेलाको उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुृर शाहीले माघ १ गते सार्वजनिक विदा दिने घोषणा गरेका छन् । तर संघीय सरकारले नेपाल जनजाती महासंघको माग अनुसार माघ १ गते सार्वजनिक विदा दिने घोषणा गरिसकेको छ । यसै गरी मुख्यमन्त्री शाहीले शान्तिपूर्ण रुपमा हरेक कुराहरुलाई छलफल त्यसको समाधान गर्नु अहिलेको आवश्यकता भएको बताए । माघे संक्रान्तिको बारेमा मगर संघले पेश गरिएको ज्ञापन पत्रको बारेमा कानुन निमार्णको क्रममा व्यापक छलफल गरेर सबैको अधिकार सुनिश्चित गर्ने उनले बताए ।

प्रत्येक वर्ष झैं यस बर्ष पनि मगरहरुको आफ्नो मौलिक संस्कृति झल्कने गरि मेलाको आयोजना गरिएको छ । उद्घाटन कार्यक्रममा बोल्दै नेपाल मगर संघ केन्द्रिय अध्यक्ष नविन रोकामगरले कर्णालीमा बस्ने र कर्णाली प्रदेशलाई चिनाउनको कार्यक्रम गरिएको भन्दै कार्यक्रमको सफलताको शुभकामना दिए । उनले भाषिक विविधता, सांस्कृतिक विविधता लगायत अन्य विभिन्न विविधता भएको देश नेपालमा नेपाली जनताको गुनासो राज्य व्यवस्था पनि नेपाली समाज जस्तो हुनुपर्ने रहेको बताए ।

नेपाल मगर संघ, जिल्ला समन्वय समिति सुर्खेतको आयोजनामा भएको कार्यक्रम २९ गते सम्म सञ्चालन हुने आयोजकले बताएको छ । उक्त मेलामा विभिन्न किसिमका सांस्कृतिक प्रस्तुतिहरु रहनेछन् । नेपाल मगर संघ सुर्खेत तथा माघे सकराती मेला मुल आयोजक समितिका संयोजक डिलबहादुर वंशी मगरको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व श्रममन्त्री तथा संस्कृतिविद एमएस थापा मगर, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दलरावल, कर्णाली प्रदेशका उपसभामुख पुस्पा घर्तीको सहभागिता रहेको थियो । यस्तौ कर्णाली प्रदेशसभा सदस्य विन्दमान बिष्ट, ठम्मर बिष्ट, सीता नेपाली, पद्मा खड्का, अमृता शाही, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, उपप्रमुख मोहनमाया ढकाल लागायत अन्य मगर संघ सम्बन्धीत विभिन्न संघ संस्था लगायत अन्य मानिसहरुको सहभागिता रहेको थियो ।

आयोजकले यो मेला आयमूलक नभई पहिचान मूलक तरिकाले मगरको पहिचान जोगाउन मेलाको बिशेष आयोजना गरिएको बताएको छ । मेला यहीँ पौष देखी २९ गते सम्म संचालन हुनेछ भनेछ । आज मेलाको पहिलो दिन २५ गते वीरेन्द्रनगरको मंगलगढी चौकबाट विभिन्न झाँकीसहितको ¥यालीहरु समेत निकालिएको थियो ।