‘कृषि विज्ञान’ शिक्षालय सञ्चलनार्थ धार्मिक महाेत्सव सञ्चालन हुने
पौष २८ सुर्खेत ।
पश्चिम सुर्खेतकाे सवैभन्दा पुरानाे शैक्षिक नगरी विद्यापुरकाे जनता माद्यमिक विद्यालयमा ‘कृषि विज्ञान’ शिक्षालय सञ्चलनार्थ “पञ्चपुरी विद्यापुर शैक्षिक एवँ धार्मिक महाेत्सव-२०७५” सञ्चालन हुने भएकाे छ । अागामी फागुन २ गतेदेखि ९ गतेसम्म विद्यापुर बजारमा महाेत्सव सञ्चालन हुनेछ । महाेत्सव सम्पन्न गर्न वसन्तकुमार थापाकाे अध्यक्षतामा ५०१ सदस्यीय मुल अायाेजक समिति गठन भएकाे छ । यसैगरी हेम प्रकाश भुसालकाे संयाेजकत्वमा ५१ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएकाे छ ।
महाेत्सवलार्इ सफल बनाउनका लागि प्रचार प्रसार उपसमिति, अार्थिक उपसमिति, कलश ब्यवस्थापन उपसमिति, अतिथिसत्कार उपसमिति, दानदाता पहिचान उपसमिति, विद्यालय समन्वय उपसमिति, सामुदायिक वन समन्वय उपसमिति, तुलादान ब्यवस्थापन उपसमिति, अामा समूह समन्वय उपसमिति, बैदेशिक समन्वय उपसमिति, सहकारी तथा वित्तिय संघसस्था उपसमिति, स्यमसेवक उपसमिति र सचिवालय समेत गठन गरेकाे निराजन सापकाेटाले जानकारी दिनुभएकाे छ ।
हेमप्रकाश भुसालकाे संयाेजकत्वमा ५१ सदस्यिय सल्लाहकार समिति समाजसेवी तथा शिक्षाप्रमी हेमप्रकाश भुसालकाे संयाेजकत्वमा खड्कध्वज बाँस्ताेला, छविलाल घिमिरे, चक्रपाणि शर्मा, कमल लम्साल, विष्णु बहादुर केसी, कृष्ण कंडेल, दुर्गा चालिसे, अमर थापा, माेहन बडुवाल, हरिप्रसाद अधिकारी, तिलकराम अधिकारी, विवश विक, पंचपुरि नगरपालिकाका मेयर, उपमेयर, वडासदस्यहरू, चाैकुने गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडासदस्यहरू, संघ र प्रदेशका माननीय सदस्यहरू, प्रदेश सभाका माननीय सदस्यहरू अादि रहने गरी ५१ सदस्यीय सल्लाहकार समिति गठन भएकाे छ ।






