Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

हिमाली क्षेत्रमा भारी हिमपात : पहाडमा वर्षा र असिना

माघ ८ सुर्खेत |
देशका हिमाली क्षेत्रहरुमा भारी हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सुदूर र मध्य पश्चिमका अधिकांश भू–भागमा पानी परिरहेको छ भने सुर्खेत, दैलेख, जाजरकोटलगायतका जिल्लाहरुमा फाटफुट रुपमा असिना समेत परेको बताइएको छ । अहिले पश्चिममा पानी पारेको पश्चिमी वायु पूर्व सर्ने क्रममा रहेकाले देशभरीकै मौसम बदली भएको र उच्च हिमाली क्षेत्रमा हिमपात भैरहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद्का अनुसार आज देशभरी कै मौसम पूर्ण रुपमा खुल्ने संभावना छैन । विशेषगरी दिउँसो पश्चिममा पानी र हिमपात भएपनि राति भने काठमाण्डौसहित मध्य र पूर्वको केही ठाउँमा पनि मेघगर्जनसहित पानी पर्ने अनुमान गरिएको छ । हिउँदे वर्षा र हिमपातका कारण चिसो बढेकाले जनजीवन प्रभावित बन्दै गइरहेको छ ।

Image result for jumla weather
यो प्रणाली बुधबार बेलुकीसम्म नै सक्रिय रहने भएकाले बिहीबारदेखि मात्रै मौसममा सुधार आउने मौसमविदहरुले बताएका छन् । पानी पर्नुका साथै हिमपात पनि हुने भएकाले मंगलबार र बुधबार पदयात्रामा ननिस्कन मौसमविद्ले सुझाव समेत दिएका छन् ।
चिसोको समयमा विशेष गरी गर्भवति महिला, सुत्केरी महिला नवजात शिशु र बृद्धबृद्धाहरुलाई विशेष असर हुने हुनाले न्यानोसँग रहन र तातो, झोलिलो खानेकुरा खानका लागि स्वास्थ्यकर्मीहरुले सल्लाह दिएका छन् । चिसोका कारणले रोगीहरुलाई झन समस्या पर्ने भएकोले स्वास्थ्यको ख्याल गर्न समेत डाक्टरहरु सुझाउँछन् ।

Image result for असिना