Loading... आजः १२ भाद्र २०८३, शुक्रबार । Friday 28th August 2026

सरकारको विरोध गर्दै तरुण दल

माघ ११, सुर्खेत ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा तरुण दलले २० हजार कार्यकर्ता सडकमा उत्रार्ने भएको छ । बहूमतप्राप्त नेकपा सरकारले जनपक्षियभन्दा जनभावना विपरित काम गरेको भन्दै त्यसको विरोध स्वरुप नेपाल तरुण दल सुर्खेतले २० हजार कार्यकर्ता सडकमा उत्रार्न लागेको हो ।

वर्तमान कम्युनिष्ट सरकारले अधिनायकवादी चरित्र, महंगी, भ्रष्टाचार, निर्मला पन्त हत्या काण्ड लगायतका गैरकानुनी र अलोकतान्त्रिक क्रियाकलापको विरुद्ध विरोध कार्यक्रमको तय गरिएको नेपाल तरुण दल सुर्खेतका अध्यक्ष हरी विष्टले जानकारी दिए ।

‘बहूमत पाएको कम्युनिष्ट सरकारले जनभावना विपरित काम गरिरहेकाले विरोधस्वरुप प्रदेशस्तरिय कार्यक्रम सुर्खेतमा गर्न लागेका छौं’ विष्टले भने, ‘कम्युनिष्ट सरकार नसच्चिए विरोधका कार्यक्रमलाई थप सशक्त बनाइनेछ ।’ यही माघ १३ गते  आयोजना गर्न लागिएको विरोध कार्यक्रममा  प्रदेशका १० जिल्लाबाट कार्यसमितिका पदाधिकारी सहित सुर्खेतका करिब १८ हजार गरि लगभग करिव २० हजार कार्यकर्ता सुर्खेत आउने विष्टको भनाई छ ।

विरोध कार्यक्रममा तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईँ, महासचिव भुपेद्रजंग शाही र कोषाध्यक्ष विद्धवान गुरुङ्ग लगायतको समेत उपस्थिति रहनेछ ।