Loading... आजः ११ भाद्र २०८३, बिहीबार । Thursday 27th August 2026

राप्रपाको वडा समिति गठन

माघ १२ सुर्खेत ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले वीरेन्द्रनगर नगरपालिका वडा नं. १ मा कार्य समितिको गठन गरेको छ । माधव पुरीको अध्यक्षतामा गठन भएको वडाकार्य समितिको उपाध्यक्षमा जनक शाही र राधा गिरी, सचिवमा रमेश शाही, कोषाध्यक्षमा हरिलाल पौडेल र सहसचिवमा रविन्द्र शाही र सदस्यहरुमा लक्ष्मी चालिसे, तेज बहादुर शाही, रोशन बहादुर शाही, बुले रावत, बम बहादुर बोगटी, राजेन्द्र शाही, भासी पुरी, अर्जुन खत्री, दीपक खड्का, पदम राज खत्री, तुलाराम पौडेल र हेमकुमारी पुरी रहनु भएको छ ।


पार्टीको जिल्ला कार्य समितिका उपाध्यक्ष इश्वर श्रेष्ठ, कर्णाली प्रदेश समितिका उपाध्यक्ष सूर्यबहादुर खत्री, वीरेन्द्रनगर नगर कार्य समितिका पदाधिकारीहरु समेतको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाली काँग्रेस पार्टी परित्याग गरी तेजबहादुर शाही लगायत आधा दर्जनले राप्रपामा प्रवेश गरेको राप्रपा जिल्ला कार्य समिति सुर्खेतले जनाएको छ ।