Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

प्रहरी कर्मचारी पुरस्कृत

माघ १४ सुर्खेत ।
सर्बोत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पुरस्कृत गरेको छ । प्र.ना.नि.नेत्र बहादुर खड्का जिल्ला प्रहरी कार्यलय सुर्खेत,सामुदायिक प्रहरी साझेदारी कार्यक्रम तर्फ प्र.ना.नि.सरजित बलेली मगर प्र.चौ.मेहलकुना तथा लागु औषधि नियन्त्रण तर्फ प्र.ह.ओम बहादुर रावत ई.प्र.का.छिन्चु र प्र.ज.नबराज जैसी पुरस्कृत भएका हुन ।

पुरस्कृत प्रहरी कर्मचारीहरुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्र.उ. बसन्त रजौरेले पुरस्कार प्रदान गरेका थिए । उनीहरुलाई बिभागिय नीति नियम बमोजिम ‘सर्बोत्कृष्ट कार्यक्रम पुरस्कार’ छनौट समितिको सिफारिसमा पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

Image may contain: 6 people, people smiling, people sitting
पुस महिनामा सिमित स्रोत साधन तथा जनशक्तिको उच्चतम् सदुपयोग, मानव अधिकारको सम्मान, भौगोलिक अवस्था समुदाय र प्रहरी बीच असल सम्बन्ध कायम गरी समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्न अहम् भुमिका निर्वाह गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार प्रदान गरिएको जनाइएको छ ।

Image may contain: 6 people, people sitting

Image may contain: 5 people, people smiling, people sitting and hat