Loading... आजः १३ भाद्र २०८३, शनिबार । Saturday 29th August 2026

प्रधानमन्त्री र मुख्यमन्त्रीको पूत्ला दहन, १३जना पक्राउ

माघ १८, सुर्खेत ।

सत्ता पक्षमा रहेको सरकारले दुई तिहाईको दम्भबाट अघि बढेको भन्दै बिगत केहि दिन यता सडकमा तात्तिएको आन्दोलन गर्दे आईरहेको नेपाल विद्यार्थी संघ सुर्खेतले आज (शुक्रबार) बिहान ८ बजे मध्यपश्चिम बिश्वबिध्यालयको मुल प्रबेशद्वार नजिक प्रधानमन्त्री र कर्णाली प्रदेशका मुख्यमन्त्रीको पूत्ला दहन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत को टोलिले १३ जना बिध्यार्थीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हरि शर्मा, नेबिसंघ केन्द्रीय सदस्य, अनिल शाही नेबिसंघ केन्द्रीय सदस्य,  गौतम बिसि कावा अध्यक्ष नेबिसंघ सुर्खेत, झक्क शाही, स्वबियु सभापती मप बिश्वबिध्यालय, रोशन बस्नेत सदस्य मप बिश्वबिध्यालय, रामचन्द्र भण्डारी, बिबेक खड्का, न्युटन वलि, पिताम्बर ढकाल, रितु रिजाल, सुरेन्द्र जैशी, सुरेन्द्र काफ्ले, र गोबिन्द सिजापति रहेका छन ।

जबर्जस्ती पास गरेको चिकित्सा शिक्षा विधेयक फिर्ता गर, भ्रष्टाचार र महंगी नियन्त्रण गर, निर्मलाका बलात्कारी र हत्यारालाई कारबाही गर, अधिनायकवाद लाद्न पाइँदैन लगायतका नारा लगाउँदै नेविसंघका नेता कार्यकर्ताले बिहिबार पनि वीरेन्द्रनगर बजारमा भरी प्रदर्शन गरेका थिए।

देशैभरी नेबि संघ आन्दोलित भैरहेको स्थितीमा सुर्खेतमा पनि आन्दोलन गर्नु परेको र अझै आन्दोलन शशक्त रुपमा अघि बढ्ने नेबिसंघका कावा अध्यक्ष गौतम बिसिले बताए ।