Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

खेलाडिलाई रातो कार्पेटको स्वागत

माघ २१ काठमाडाैं ।

युएई विरुद्धको एकदिवसीय र टी-२० सिरिज जितेको नेपाली टोली स्वदेश आइपुगेको छ। नेपाली टोली दिउँसो करिब ४ बजे त्रिभुवन विमानस्थल आइपुगेको हो। टोलीलाई स्वागत गर्न नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, राखेपका सदस्य सचिव केशवकुमार विष्ट लगायत खेलकुद पदाधिकारीसँगै सयौंको संख्यामा खेलप्रेमिहरु विमानस्थल पुगेका छन् ।

समर्थकहरुले क्रिकेट टोलीको स्वागतमा नेपालकाे झण्डा बाेक्दै ‘नेपाल नेपाल’ भन्दै नारावाजी गरिरहेका छन् । युएई विरुद्धको एकदिवसीय र टी-२० दुबै श्रृङ्खला नेपालले समान २-१ ले आफ्नो पक्षमा पार्दै इतिहास रचेको थियो।

सामाजिक सञ्जालमा समेत खेलाडिहरुलाई बधाई दिनेको ओइरो लागेको छ । खेलाडिले देशको नाम चम्काएको भन्दै विभिन्न राजनैतिक व्यक्तित्वदेखि सर्वसाधारण समेतले बधाई दिएका छन् ।