Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

पुरुषतर्फ सुर्खेत, दैलेख, सल्यान र रुकम पश्चिम सेमिफानलमा प्रबेश

फागुन ३ सुर्खेत |

सुर्खेतको बीरेन्द्रनगरमा जारी मुख्यमन्त्री रनिङ्ग सिल्ड भलिवल प्रतियोगिताको पुरुष र महिला दुवैतर्फको सेमिफार्इनल समिकरण पुराभएको छ। पुरुषतर्फ सुर्खेत, दैलेख, सल्यान र रुकम पश्चिम सेमिफार्इनलमा प्रबेश गरेका छन। समुह चरणको खेलमा जुम्ला र डोल्पालार्इ हराएको सुर्खेत क्वाटफार्इनलमा कालिकोटलार्इ पराजित गर्दै सेमिफार्इलनल यात्रा तय गरेको हो। आज भएको क्वाटफार्इनलमा कालिकोटलार्इ २—१ को सेटले हराउदै सुर्खेत फार्इनल नजिक पुगेको हो।

यस्तै सल्यानले जाजरकोटलार्इ २ शुन्यको सोझो सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रबेश गरेको छ भने दैलेखले जुम्लालार्इ २-१को सेटले पाखा लगाएको छ। यो संगै साविक कर्णाली अञ्चलका पाँचवटै टोली पतियोगिताबाट बाहिरिएका छन। यसै बीच महिलातर्फ सुर्खेत, दैलेख, कालिकोट र रुकुम पश्चिमले सेमिफार्इनलमा आफ्नो स्थान सुरक्षित गरेका छन। जिल्ला खेलकुद विकास समितिको मैदानमा भएको खेलमा सुर्खेतले सल्यानलार्इ, कालिकोटले जाजरकोटलार्इ, रुकुमले जुम्लालार्इ हराउदै सेमिफार्इनलमा पुगेका हुन।

आज हुने सेमिफार्इनल चरणका खेल बर्षाका कारण भोली सम्मका लागि स्थगित भएको नेपाल भलिवल संघका केन्द्रिय सदस्य मंगल श्रेष्ठले जानकारी दिनुभयो। उहाँले भोली विहान ८ बजेबाट सेमिफार्इनल र फार्इनल चरणका खेलहरु संञ्चालन हुने बताउनुभयो। प्रतियोगिताको उपाधि विजेताले महिला पुरुष दुवैतर्फ समान एक एक लाख रुपैयाँ हात पार्ने छन्। यस्तै उपविजेताले ७५ हजार र तेस्रो हुनेले ५० हजार हात पार्ने आयोजक सामाजिक विकास मन्त्रालयले जनाएको छ ।