Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

राप्रपाले बृहत प्रदर्सन सहित २२ बुँदे ज्ञापनपत्र बुझायो

फागुन ७,सुर्खेत ।

हिन्दु राष्ट्र घोषणा र राजसंस्था पुर्नस्थापना लगायत २२ बुदे माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी कर्णाली प्रदेश समिति सुर्खेतले मंगलबार बिरेन्द्रनगर मा बृहत प्रर्दशन गरेको छ । सुर्खेत को मंगलघडी चोक बाट सुरु भएको प्रर्दशन बिरेन्द्रनगर को बजार परीक्रमा गर्दै मुख्य मन्त्री को कार्यालयसम्म पुगेर समापन भएको थियो ।

मंगलबार राप्रपा कर्णाली प्रदेश अध्यक्ष धन ब. बुढा नेतृत्वको प्रतिनिधिमण्डलले मुख्यमन्त्री को कार्यलयमा पुगि र्‍याली समापन भइ मन्त्रालय का निमित्त प्रमुख सचीव यज्ञ राज बोहरा मार्फत प्रधानमन्त्री को लागी ज्ञापन पत्र बुझाइएको छ ।राप्रपा कर्णाली प्रदेश अध्यक्ष बुढा ले २२ बुदे ज्ञापन पत्र पढी मन्त्रालय का निमित्त प्रमुख सचीव यज्ञ राज बोहरा लाई ज्ञापन पत्र हस्तान्तरण गरे । फागुन मसान्त सम्म आफ्ना माग पुरा नभए पुनः संघर्षका कार्यक्रम गर्ने राप्रपा सुर्खेत जिल्लाका अध्यक्ष मान ब खड्का ले बताए ।

राप्रपाले राजसंस्था सहित सबै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न अविलम्व सर्वपक्षीय गोलमेच सम्मेलन गर्न माग गरेको छ। संघीयता बारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत संग्रह गर्न पनि राप्रपाले माग गरेको छ।

देश टुक्र्याउन चाहने विखण्डनकारी तत्वलाई कडाईका साथ नियन्त्रण गरि राष्ट्रिय अखण्डता सुदृढ बनाउन राप्रपा कर्णाली प्रदेश कार्य समितिले मुख्य मन्त्री मार्फत प्रधानमन्त्रीसँग माग गरेको राप्रपा प्रचार विभाग सदस्य प्रेम बिसीले जानकारी दिए।

यसैगरी संगठीत रुपमा लोभ लालच देखाएर र भ्रम सिर्जना गरेर जवर्जस्ती धर्म परिवर्तन गराउने काम भइरहेको भन्दै राप्रपाले त्यस्तो काम तत्काल नियन्त्रण गर्न तथा धर्म परिवर्तनमा संलग्न गैर सरकारी संस्थाहरुलाई बन्द गराउन र बेरोजगारी समस्या समाधानको निमित्त अल्पकालिन तथा दीर्घकालिन कार्ययोजना कार्यान्वयन गर्न राप्रपाले माग गरेको छ।