पूर्वप्रधानमन्त्री डा. बाबुरामलाई भगवतीमाईमा भव्य स्वागत
फागुन १० दैलेख ।
नयाँ शक्ति पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई यतिबेला पूव पश्चिम देश दौडाहामा हुनुहुन्छ । उहाँ आज दैलेखको भगवतीमाई गाउँपालिमा पुग्नु भएको छ । त्यहाँ उहाँलाई भव्य स्वागत गरिएको छ । दैलेखको भगवतीमाई गाउँपालिकाको केन्द्र बेस्तडामा उहाँलाई भव्य स्वागत गरिएको हो ।

जन भेटघाट कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेता डा. भट्टराई संविधान कार्यान्वयनको चरणमा नै रहेको भएपनि संघियताको कार्यान्वयन र प्रभावकारितालाई विकास निर्माणका लागि प्रयोग गर्दै स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनु पर्ने बताउनु भयो । नेता डा. भट्टराईले मध्यपहाडि लोकमार्ग आसपासमा बस्ती भएका जनताहरुसँग जनसम्वाद समेत गर्नुभएको छ ।

नेता डा. भट्टराई आजै दैलेख बजार हँुदै दुल्लुको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी स्रोतले बतायो । डा. भट्टराई पुर्वको चोलेभन्झ्याङ देखि सुदुरपश्चिमको झुलाघाटसम्म राजनीतिक भेटघाटको कार्यक्रम रहेको बताइएको छ । उहाँसँगै नेतृ हिसिला यमी, नेता नवराज सुवेदीलगायतका नेता तथा कार्यकर्ताहरु हुनुहुन्छ ।
फोटो सौजन्य : जगत शाही / बेस्तडा






