युवा र बाल सञ्जाल गठन
कृष्ण प्रसाद अधिकारी
फागुन १२ दैलेख |
दैलेख जिल्ला भगवतिमाइ गाउँपालिका वडा नं. ५ र ६ को वडा कार्यालयमा बाल सञ्जाल तथा युवा सञ्जाल गठन गरिएको छ । अष्ट्रेलियन एण्ड, कारितास अष्टे«लिया, कारितास नेपाल र एकता फाउष्डेशन नेपालको आर्थिक सहयोग तथा भगवतिमाई गउँपालिकाको समन्वयमा समुदायस्तरको सामाजिक बिकृति विसंगती विरुद्धको अभियान संचालन गर्न संजाल गठन गरिएको हो ।

सञ्जालले घरेलु हिंसा, बालबिवाह, बहुबिवाह, बाल अधिकार, विकास निर्माणमा पारदर्शीता तथा हरेक गतिबिधिमा समान समावेसिताका लागि बाल तथा युवा शसक्तिकरण विषयका सवालमा छलफल र जनचेतना कायम गर्ने कार्य गर्नेछन् । दश वटा युवा क्लबका २५ जना क्लब प्रतिनिधि र दश वटा बाल क्लबका २५ जना क्लब प्रतिनिधिबाट वडा नं. ५ को अनुरुप शाहिको अध्यक्षतामा ११ सदस्य युवा सञ्जाल र सरिता बिसीको अध्यक्षतामा ११ सदस्य बाल सञ्जाल गठन गरिएको छ ।
युवा सञ्जालको उपाध्यक्षमा लक्ष्मी विक, सचिव केसव सोनाम, सहसचिव रमेश विक कोषाध्यक्ष मिना मगर रहनुभएको छ । यस्तै सदस्यहरुमा टिकाराम थापा मगर, सुक्मा विसी, नर्तम शाही, खगिसरा नेपाली, खडक विक र सन्दिप विसी रहनुभएको छ । त्यस्तै बाल क्लबमा उपाध्यक्षमा बिमला विक, सचिब खगेन्द्र विक, सहसचिव निरन्जन शाही, कोषाध्यक्ष श्रृष्टि शाही रहनुभएको छ । यसैगरी सदस्यहरुमा जमुना रावत, बिकास विक, समुन विक, दिपक विक, प्रकाश शाही र विकास थापा मगर रहनुभएको छ ।
त्यस्तै वडा नं.६ को युवा क्लबको अध्यक्षमा प्रतिक्षा शाही, उपाध्यक्षमा सीता नेपाली सचिवमा प्रेमबहादुर विसी सहसचिवमा अनिषा रोकाय, कोषाध्यक्ष विनोद पुनमगर तथा सदस्यहरुमा सिता विसी, सावित्रा रोकाय, शुनिता मगर, गँगा के सी बमबहादुर बिसी, कमला शाही रहनु भएको छ । त्यस्तै बाल क्लबमा अध्यक्षमा क्षेत्र थापा उपाध्यक्षमा सरिता अधिकारी सचिवमा भुमिका रोकामगर सहसचिवमा अंगत विसी, कोषाध्यक्षमा जिवन रोका मगर तथा सदस्यहरु अविसरा विक, शान्ति खड्का, हिक्मत विक, र अर्जुन केसी रहनुभएको छ ।






