Loading... आजः १२ भाद्र २०८३, शुक्रबार । Friday 28th August 2026

नेपाली काँग्रेसले थाल्यो कार्यकर्ता भेटघाट

फाफुं १५ सुर्खेत ।
नेपाली काँग्रेसले कार्यकर्ता भेटघाट कार्यक्रम थालेको छ । पार्टीका स्थानीय कार्यकर्ता तथा नेताहरुलाई सक्रिय बनाउन काँग्रेसले भेटघाट कार्यक्रमको थालनी गरेको हो ।
सुर्खेत निर्वाचन क्षेत्र नं. १ नेपाली काँग्रेसको क्षेत्रीय कार्यसमितिको निर्णय अनुसार काँग्रेसका नेता तथा कार्यकर्ताहरुले नागरिक र स्थानीय नेता–कार्यकर्ताहरुसँग भेटघाट गर्न थालेका हुन् ।
पार्टीमा आवद्व स्थानीय तहका नेता तथा कार्यकर्तालाई संगठन बिस्तारमा सक्रिय बनाउने उदेश्यका साथ फागुन १२ गतेदेखि भेटघाट कार्यक्रमको थालनी गरिएको नेपाली काँग्रेसका नेता राम बहादुर सिँहले बताए । उनले भने, ‘क्षेत्रीय कायैसमितिको निर्णय अनुसार भेटघाट कार्यक्रमको थालनी गरिएको हो । फागुन १२ गते देखि सुरु भएको भेटघाट कार्यक्रम १६ गतेसम्म चल्नेछ ।’
भेटघाट कार्यक्रममा काँग्रेस निकट भातृ शुवेच्छुक संस्थालाई थप क्रियाशिल बनाउनका लागि छलफल समेत गरिएको उनले जानकारी दिए । काँग्रेसका नेता कार्यकर्तालाई पाँच समुहमा विभाजन गरि कार्यकर्ता तथा स्थानीय नेतासँग भेटघाट गरिएको छ ।
भेरीगंगा नगरपालिकामा लेखपराजुलदेखि मैनतडा, गुर्भाकोट नगरपालिकाका गुमि देखि मेहेलकुना, सहारे देखि धारापानी, सिम्ता गाउँपालिकामा घोरेटा देखि बजेडिचौर र खानीखोला देखि राकमसम्मका कार्यकर्ता तथा स्थानीय नेतासँग भेटघाट गर्न थालिएको हो । साथै वर्तमान सरकारको जनविरोधि कदम र अधिनायकवाद शैलीको गाउँ–गाउँमा जानकारी, नेपाली काँग्रेसबाट स्थानीय तहमा निर्वाचत पदाधिकारीलाई जनताको पक्षमा काम गर्न राय–सल्लाह समेत दिइएको नेता सिँहले बताए ।
भेटघाट कार्यक्रमका लागि प्रदेशका उम्मेद्वार झक्क बहादुर डांगी, टेक बहादुर सिँह, जिल्ला कार्यसमिति सदस्य विरेन्द्र रावत, राम ब सिँह, मान ब रोका, क्षेत्रीय सभापति खड्क पौडेल, प्रकाश जिसी, नगर सभापति देदु गिरी, उपप्रमुख रेणु आचार्य, नगर प्रमुख हस्त पुन, उपप्रमुख मैना बि.क., सिम्ता गाउँपालिकाका उम्मेद्वार भिमा मल्ल, जिल्ला समन्वय समितिका सदस्यहरु कुशे कामी, बालकुमारी पुन लगायत जिल्ला तथा गाउँका स्थानीय नेताहरु परिचालित भएका छन् । साथै भेटघाट कार्यक्रममा भातृ तथा शुवेच्छुक संस्थाका नेता कार्यकर्ताले संगठनको वारेमा जानकारी दिएको नेता सिँहले बताए ।