कुरा बुझ्न् नसक्नु बिडम्बना
नेपालमा आफुलाई धुरन्धर बिद्धान ठान्नेहरु र तिनलाई बिद्धानको निरन्तर पगरी पैनाई दिनेहरुले नेपालका कम्युनिष्ट भन्नेहरुलाई अझै राम्रोसंग बुझ्न् सकेका छैनन् । नेपालमा कम्युनिष्ट भन्नेहरुलाई राजनितिक जमिन २०४६ सालको आन्दोलन पश्चात प्राप्त भएको हो । २०४६ सालपछी कम्युनिष्ट झण्डा मुनि राष्ट्रवादी धारका मदन भन्डारी एक जना मात्र नेता जन्मिएका थिए ।
सायद नेता भन्डारीले नेपाल राष्ट्र र नेपाली जनताको सामाजिक अबस्था राम्रोसंग बुझेका थिए । बिपि कोईरालाले जस्तै मेल मिलापका नितिका आधारमा नेपालमा कस्तो राज्यसत्ता र शासन प्रणाली अप्नाउने भन्नेबारेमा उनले राम्रोसंग अध्यन गरेर बहुदलीय जनवादको राजनितिक कार्यदिशा अघि सारेका थिए ।
जब देशलाई राजसस्था सहितको प्रतिस्पर्धात्मक राजनितिक ब्यवस्थालाई भण्डारिले पार्टी भित्र अनुमोदन गराए, त्यहीदेखि बिदेशी खुफिया एजेन्शिले तातकालिन एमालेकै केही नेताहरुलाई आफ्नो पकडमा राखेर भन्डारिलाई समाप्त पार्ने योजना बनाए । कुनै समयमा मदन भण्डारी सार्वजनिक सभामा बोलेको मलाई सम्झना छ । उहाँले भन्नू भएको थियो,‘नयाँ जनवादी ब्यवस्था हातहातमा पातपातमा नाच्दै आउनेवाला छैन ।’
जब भण्डारीको हत्या गरियो त्यस लगतै केही बर्ष पछि माओवादिका नामबाट योजना बद्ध तरिकाले युद्धको सुरुवात गरियो । माओवादिले सुरुवात गरेको युद्धले जनताका बस्ती रगताम्य भएकै अबस्थामा दरवार हत्याकान्ड गराईयो । जव दरवार हत्याकाण्ड भयो त्यसपछी मात्र माओवादिले तात्कालिन शाही नेपाली सेनाको दाङमा रहेको सेनाको ब्यारेकमा हमला गर्यो ।
हरेक राजनितिक घटनाक्रम संकास्पद र रहस्यमय हुँदा हुँदै दिल्लिमा १२ बुदे सम्झौता गरेर शान्तिको नाममा नेपाल प्रबेश गराईएका परिचालित तत्वहरुलाई एकाएक बहुमतमा ल्याउन बिदेशी खुफिया एजेन्शिले ठुलै धनराशी खर्च गर्दै पहिलो संबिधान सभामा बहुमतमा पनि ल्याए । बिदेशिको रहस्यमय चाहना के थियो, त्यो पूरा नहुने देखेपछी पहिलो संबिधानसभा बाबुराम जिकै बाहुलिबाट बिगठन गराउने काम गरे ।
दोस्रो संबिधानसभामा अर्कै नाटक मन्चन गरियो र पहिलो संबिधानसभामा पहिलो पार्टि बनाएको माओवादिलाई तेस्रोमा झार्ने काम पनि बिदेशिकै डिजाईनमा गरिएको थियो । जेन तेन लाजकाज दोस्रो संबिधानसभाले बिदेशिका दवाबविच पनि आफ्नो सक्कली रुप छोप्नैका लागि मात्र भए पनि बिवादित संबिधानको खोस्टो फाल्ने काम गर्यो । जब तीन तहको चुनावको कुरा आयो र अप्रत्याशित रुपमा एमाओवादी र एमाले चुनाबी तालमेलको कुरा मिल्यो, त्यही समयमा नेपालमा रहेका सबै क्रिष्टियन चर्चहरुले देश भरका क्रिष्टियनहरुलाई कम्युनिष्ट उम्मेदवारहरुलाई मतदान गर्न परिपत्र नै जारी गरे ।
यसबाट के बुझिन्छ भने नेपालका कथित कम्युनिष्ट भन्नेहरु नामुद बिदेशिका दलाल हुन् भन्ने थप प्रमाणित भयो । बिश्वका कृसियनहरुकै बिचमा विवादित भनिएको कृसियन पादरी मुनको सस्थाले नेपालमै एसिया प्यासिफिक सम्मेलन आयोजना गर्यो ! नेपालका कम्युनिष्ट भन्नेहरु लाईन लागेर बिर्य मिसाईएको होलिवाईन चन्काउदै स्वघोषित जिससकी छोरीको हातबाट कम्युनिष्ट प्रधान मन्त्री ओलिले त सुशासनको अर्वाड र एक करोड पुरस्कार समेत थापे ! यो भन्दा लज्जास्पद कुरा अरु के हुन्छ ?
निर्मला पन्तलाई न्याय चाहियो भन्नेहरुलाई हत्कडी लगाउने,शडकमा टासिएका निर्मलाका पोष्टरहरु च्यात्न लगाउने, भ्रष्टाचारिको संरक्षक जस्तै काम गर्ने साशकहरुले सुसाशनको अवाड थाप्न लज्जाबोध गरेनन् ! यो भन्दा लाजमर्दो कुरा अरु के हुन्छ ? नेपालका स्वाभिमानी ईमान्दार माक्र्सवाद प्रती बफादार कम्युनिष्ट भन्नेहरुले यो कुरा बुझ्न् नसक्नु बिडम्बना हो ।
साशकहरु संग नेपाल राष्ट्रको रक्षागर्ने र नेपाली जनताको जीवन सुरक्षित राख्ने बलियो कुनै कार्यक्रम र योजना छैन । नेपाली समाजलाई बिभाजित गरिएकोछ । संघियताका नाममा देशलाई खन्डित हुने गरि ७ वटा प्रदेश सरकार बनायर काम न काजका मान्छेहरुलाई राज्यको सम्पतिबाट पालिएकोछ । यो संघियता खारेज नगर्ने हो र नेपाल राष्ट्रलाई हिन्दु राष्ट्र कायम नराख्ने हो भने नेपाल राष्ट्रको अस्तित्व सदाका लागि मासिने त होईन भन्ने खतरा पैदा भएकोछ ।
अन्त्यमा । नेपालिहरुले जान्नै र बुझ्नै पर्ने।कुरा के भने- नेपालका राजनितिक दल र ती दलका नेताहरु स्वाधिन छैनन् । तिनिहरुले बिदेशिको पैसा खाएका छन् । त्यसैले नेपाल र नेपालिको हित बिपरित बिदेशिको चित्त बुझाउनका लागि नेपालको राज्यसत्ता र सक्तिलाई दुरुपयोग गर्दै आएका छन् । नेपालका नेताहरुलाई लोकतान्त्रिक शासन ब्यवस्थाका पक्षधर हुन् भनेर बुझ्नु र पत्याउनु भनेको नेपाल राष्ट्र र नेपाली जनताको दुर्भाग्य निम्त्याउनु हो ।
संसदीय ब्यवस्थालाई खसिको टाउको देखाउदै कुकुरको मासु बेच्ने थलो हो, यो ब्यवस्था हटाउनुपर्छ र नयाँ जनवादी ब्यवस्था स्थापना गर्नुपर्छ भन्दै हजारौ नेपाली युवाहरुलाई मर्न र मार्न बाध्य पार्ने प्रचण्ड र बाबुराम आज कुन कित्तामा छन् ? झुट बोल्ने र राष्ट्र र नेपाली जनता प्रती यो हदको गद्धारी गर्ने गद्धारहरु नेपाल र नेपालिका भाग्य बिधाता कसरी हुन सक्छन् ?
(लेखक पत्रकार एवम राजनितिक विश्लेषक हुन)







