Loading... आजः २५ बैशाख २०८३, शुक्रबार । Friday 8th May 2026
ताजा खबर
  

कर्णाली प्रदेशलाई सूचना प्रविधिमय बनाउने हाम्रो मुख्य लक्ष्य :अध्यक्ष चन्द

यही फागुन २४ गतेदेखि २८ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा कम्प्यूटर एशोसियसन नेपाल (क्यान) महासंघ सुर्खेत शाखाको आयोजनामा क्यान इन्फोटेक २०१९ हुदैँछ । प्रविधिको विकास र विस्तारसँगै कर्णाली प्रदेश सरकारको डिजिटल प्रदेश निर्माणमा समेत सहयोग पुग्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त इन्फोटेकको पेरिफेरिमा रहेर उक्त इन्फोटेकका संयोजक एवम् क्यान महासंघ सुर्खेतका अध्यक्ष प्रेमप्रकाश चन्दसँग खगेन्द्र अधिकारी अमृतले गरेको कुराकानी :

Image may contain: Prem Prakash Chand, sunglasses and closeup
प्रेम प्रकाश चन्द

१. यो इन्फोटेकको मुख्य उद्देश्य के हो ?
विश्वमा विकास भएका नयाँ नयाँ सूचना प्रविधिसँंग संम्वन्धित विषयहरुको जानकारी गराउँदै सुर्खेत जिल्ला लगायत कर्णाली प्रदेशलाई सूचना प्रविधिमय बनाउने हाम्रो मुख्य लक्ष्य हो । सूचना र प्रविधिको विकास भएका राष्ट्रहरु आज अन्य विकासका कार्यहरुमा शिखर चुमिरहेको अवस्थामा हामी भरखरै सूचना र प्रविधिको विकासमा जुटिरहेका छौ । जुनसुकै विकासका लागि पनि प्रविधिको विकास जरुरी छ । त्यसका लागि हरेक नागरिकहरुले प्रविधिको प्रयोग गर्न आवश्यक छ । त्यसैले हामी यो प्रदेश स्तरीय क्यान इन्फोटेक गर्न गइरहेका छौं ।

२. यो इन्फोटेक संचालनका लागि लाग्ने अनुमानित खर्च कति हो र त्यो कहाँबाट जुटाउनु हुन्छ ?
यो इन्फोटेक संचालनका लागि हामीले अनुमानित ३६ लाखसम्म खर्च लाग्ने अनुमान गरेको छौ । यसको मुख्य श्रोत भनेको प्रायोजक, स्टल विक्री तथा अन्य सहयोगी निकायहरु नै हुन । सबैको साथ र सहयोगले गर्दा यसमा लाग्ने खर्च र आम्दानी बराबर बनाउन सक्यौ भने पनि हाम्रा लागि ठूलै उपलब्धि हो ।

३. इन्फोटेकका मुख्य विशेषताहरु के के हुन् ?
कुनै पनि इन्फोटेकहरु गर्नुका विशेषताहरु त हुन्छन् नै । हामीले यो इन्फोटेक गर्नका पनि आफ्नै विशेषताहरु छन् । यस इन्फोटेकमा हामी सूचना प्रविधिको बृहत प्रदशनस् गर्नेछौ ।प्रत्येक दिन आइटी सम्बन्धि सेमिनार हुनेछ । लक्की ड्र बाट हरेक दिन एक जनालाई रारा ट्रिपको व्यवस्था गरेका छौ । कम्प्यूटर, प्रिन्टर र ल्यापटप फ्रि सर्भिस क्याम्प संचालन गर्नेछौ । अझ यसको महत्वपूर्ण विशेषता भनेको नेपाली वैज्ञानिकले निर्माण गरेको रोवोर्ट तथा अन्य प्रविधिहरुको प्रदर्शन गर्ने तयारी गरिरहेका छौ । विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगीता हुने छ । पियुबिजी खेल प्रतियोगीताको तयारी गरिरहेका छौ । दृष्टिबिहिनहरुलाई कम्प्यूटर तथा मोवाइल चलाउन सिकाउनेछौ । सेवा तथा सामान खरिदमा पनि ५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था मिलाएका छौ । अनलाइन टिकेटिङ्गमा निःशुल्क प्रवेशको व्यवस्था मिलाएका छौं भने हरेक दिन १० जनालाई एन्टीभाइरस सित्तैमा दिने व्यवस्था मिलाएका छौ । जसको कारणले यस इन्फोटेकको भरपर उपयोग हुनेछ भन्ने विश्वास गरेका छौ ।

४. यो इन्फोटेकमा विशेष गरी के कस्ता प्रविधिहरुको अवलोकन गर्न पाइने छ र यसबाट कर्णालीबासीले कस्तो लाभ पाउनेछन ?
इन्फोटेकमा अवलोकन कर्ताहरुले विभिन्न व्राण्डका सि.सी. टि.भी तथा सुरक्षाका उपकरणहरु, विभिन्न व्रान्डका ल्यापटप डेस्कटप तथा प्रिन्टिर सोलुसन, कम पावरमा चल्ने मिनि कम्प्यूटर तथा डिभाइसेसहरु, विद्युत तथा खाने लगायत टेलिफोन, नेटविल, भुक्तानी गर्ने प्रविधिको बारेमा जानकारी यस इन्फोटेकमा हुने छ भने त्यसलाई कसरी प्रयोग गर्ने भन्ने बारेमा समेत हाम्रा अवलोकनकर्ताहरुले सिक्न पाउनेछन् ।

५. इन्फोटकको व्यवस्थापन कसरी मिलाउनु भएको छ ? विशेष गरी इन्फोटेकमा क कसको सहभागीता रहने छ ?
स्तरीय स्टलहरु तयार हुनेछन् । हरेक कार्यको लागि व्यवस्थापन भइरहेका छन । प्रचार प्रसार व्यापक रुपा भइरहेको छ । यस इन्फोटेकमा विशेष गरी प्रविधिसँग काम गरिरहेका व्यापारीहरुको रुपमा सहभागीता रहने छ । भने विभिन्न विद्यार्थीहरुको र शिक्षकहरुको सहभागीता रहने छ भने । विज्ञानका क्षेत्रमा काम गर्नेहरुको सहभागीतालाई समेत समेटने भएकोले इन्फोटेक आकर्षक हुनेमा म विश्वस्त छु ।

६. यो इन्फोटेक सम्पन्न भइसकेपछि कर्णाली प्रदेशमा प्रविधिको क्षेत्रमा के परिवर्तन हुनेछ ?
प्रविधि भनेको के हो ? प्रविधिले के कस्ता कामहरु गर्छ भन्ने बारेमा अवलोकनकर्ताहरुले जानकारी पाउनेछन् । प्रविधिको उपयोग र यसको महत्वको बारेमा जानकारी हुने भएकोले कुनै पनि विषयगत प्रदर्शनको नयाँ ढंगको प्रयोग हुनेछ । कर्णाली प्रदेशलाई डिजिटल प्रविधिमय बनाउने प्रदेश सरकारको जुन योजना छ त्यसलाई सहयोगका लागि एउटा इटाको काम हुनेछ । प्रविधिको विकास गरेपछि र यसको भरपुर उपयोग गर्न सकेको खण्डमा यसले हाम्रो दैनिक कामदेखि जीवनमा समेत कस्तो प्रभाव पार्छ भन्ने कुराको जानकारी लिई त्यसको उपयोगीतामा बृद्धि हुनेछ ।

७ अन्तमा, केही भन्नु छ कि ?
सुर्खेतलगायत कर्णाली प्रदेशका सबै जिल्लाका र अझ भनौं प्रविधि प्रति चासो राख्ने अनि प्रविधिको प्रयोग गर्ने गराउनेहरु सबैलाई चुले निम्तो गर्न चाहन्छु । विद्यार्थी, शिक्षकहरु मात्र होइन अभिभावकहरु समेत यस इन्फोटेकको अवलोकनकर्ता भइ दिनु हुन अनुरोध छ । कर्णाली प्रदेश सरकारदेखि स्थानीय सरकारहरु, विभिन्न पेशा व्यावसायीहरु सबैलाई हार्दिक स्वागत गर्नका लागि हामी पर्खिरहेका हुनेछौ । तपाईको प्रविधिसँगको जुनसुकै जिज्ञाशा पनि हामी समाधान गर्नेछौ । यो इन्फोटेक तपाई हाम्रो इन्फोटेक भएकोले आ–आफ्नो क्षेत्रबाट यसलाई सफल बनाउन लागिरहनु भएका इस्पोन्सरदेखि सहयोगी हातहरुसम्मलाई हार्दिक धन्यवाद ।