Loading... आजः ८ भाद्र २०८३, सोमबार । Monday 24th August 2026

राष्ट्रियता जोगाउन राप्रपा स्वाभिमान यात्रामा : कमल थापा

फागुन २४ सुर्खेत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी का अध्यक्ष कमल थापाले राष्ट्रियता जोगाउन राप्रपा स्वाभिमान यात्रामा निस्केको बताउनु भएको छ । राष्ट्रिय स्वाभिमान यात्राको क्रममा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आइपुग्नु भएका राप्रपा अध्यक्ष थापाले आज (शुक्रबार) पत्रकारसँग कुरा गर्दै यस्तो बताउनु भएको हो । यही फागुन १५ गतेदेखि शुरु भएको मेची–काली यात्रा फागुन ३० गते काठमाडौंमा पुगेर समापन हुने बताउँदै थापाले आफ्नो पार्टीले यही फागुन ७ गते नेपाल सरकारलाई बुझाएका २२ बुँदे मागहरु पूरा गर्ने तर्फ चित्त बुझ्ने गरी प्रतिवद्धता नदेखाए जनसंघर्ष गर्ने बताउनु भयो ।

Image may contain: 7 people, including Gopal Poudyal, outdoor
अध्यक्ष थापाले सनातन हिन्दु राष्ट्र घोषणा गराउने मुख्य लक्ष्य राखेको राप्रपाले राष्ट्रिय अखण्डता सुदृढ गर्ने, महँगी तथा कालोबजारी नियन्त्रण गर्नेलगायत मुलुकका समसामयिक राजनीतिक अवस्थाबारे सभामार्फत जनतालाई बताउँदै आफुहरुले उक्त यात्रा सञ्चालन गरेको बताए ।

सङ्गठितरुपमा लोभलालच देखाएर र भ्रम सिर्जना गरेर जबर्जस्ती धर्म परिवर्तन गराउने कार्य नियन्त्रण गरिनुपर्ने, धर्म परिवर्तनमा संलग्न गैरसरकारी संस्थालाई बन्द गरिनुपर्ने, गौ हत्या नियन्त्रण गरिनुपर्ने अध्यक्ष थापाले बताए ।

यसैगरी पार्टीले बेरोजगारी समस्या समाधानका लागि अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना ल्याउनुपर्ने माग गर्दै वर्षमा कम्तीमा पाँच लाख रोजगारी सिर्जना गर्नेगरी दीर्घकालीन आर्थिक विकासका योजना सञ्चालन गर्न समेत आग्रह गरेको उनले जानकारी दिए ।
राप्रपा नेपालले सरकार समक्ष कम्तीमा एक परिवार एक रोजगारी कार्यक्रम कार्यान्वयन गरी रोजगारीको अवसर नपाएकालाई निश्चित अवधिसम्म बेरोजगार भत्ता उपलब्ध गराउन, भ्रष्टाचार नियन्त्रण गर्न प्रभावकारी कदम चाल्ने लगायतका २२ बुँदे माग राखेको समेत थापाले जानकारी दिए ।

पार्टी एकिकरणका विषयमा अहिले पनि ढोका खुला रहेको बताउँदै केही झिना मसिना कारणले पार्टी एकिकरणको टुङ्गोमा नपुगेको उहाँको भनाई थियो । राजतन्त्रको बारेमा आफ्नो पार्टी जहिले पनि वकालत गर्ने भएकोले लोकतान्त्रिक राजसंस्थाको पक्षमा भएको उहाँले बताउनु भयो ।