Loading... आजः ७ भाद्र २०८३, आईतवार । Sunday 23rd August 2026

बालबालिकालाई खाजा वितरण शुरु

फागुन २७   सुर्खेत ।

वीरेन्द्रनगर नगरपालिका वडा नं ९ ले आज (आईतवार) बाट बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै खाजा वितरण कार्य शुरु गरेको छ ।

वडामा रहेका बाल विकास केन्द्र र ३ वटा सामुदायिक विद्यालयमा अध्ययनरत १ देखि ३ कक्षा सम्मका बालबालिकाहरुलाई खाजा वितरण कार्य शुरु गरेको वडा नं ९ का अध्यक्ष सुरेश मानन्धरले बताउनुभयो ।

अहिलेको समयमा विषेश गरि बालबालिकाहरु जंङ्क फुडमा आकर्षित रहेको र अभिभावकहरु पनि सजिलोकालागि बालबालिकाहरुलाई जंङ्क फुड ने खुवाउने गरेकोले जन चेतनाकालागि पनि यो आर्थिक मसान्त सम्म खाजा वितरण गर्ने कार्यको शुरुको हो । अध्यक्ष मानन्धरले भन्नुभयो ।

कार्यक्रममा शिव मावि लाटीकोइलीका प्रधानाध्यापक चन्द्रलाल सापकोटाले असम्भव केही पनि छैन समुदायको सल्लाह सुझाव अपेक्षा राख्दै निजी विद्यालयमा धाउन नपर्ने गरि यही सरकारी विद्यालयमा नै अंग्रेजी माध्यमबाट अध्यापन गराउन लागेको जानकारी दिनुभयो ।

हालकालागि असार मसान्त सम्मकालागि रु ३ लाख बजेट रहेको कार्यक्रममा वडाका ७ वटा बाल विकास केन्द्र तथा सामुदायिक विद्यालयहरु शिव माध्यमिक विद्यालय लाटीकोइली, कोपिला माध्यमिक विद्यालय पर्सेनी र श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय चाँदनी चौकी रहेको वडा सचिव देवप्रसाद मुलेल बताउनुभयो ।