Loading... आजः २७ बैशाख २०८३, आईतवार । Sunday 10th May 2026
ताजा खबर
  

स्थापना दिवसमा प्रभातफेरी

चैत्र १६ सुर्खेत ।
नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले प्रभातफेरी कार्यक्रम गरेको छ । पत्रकार महासंघको ६४ अ‍ैं स्थापना दिवसको अवसरमा सुर्खेत शाखाले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको हो । स्थानीय मंगलगढी चौकबाट शुरु भएको प्रभातफेरी पिपलचौतारीमा पुगेर कोण सभामा समापन भएको थियो ।

Image may contain: 10 people, including Prabha Rawat, Thapa Maya and Lalit Gaha, people standing and outdoor
प्रभातफेरी कार्यक्रममा पत्रकार महासंघ सुर्खेत शाखाका पदाधिकारी लगायत पत्रकारहरुको सहभागीता रहेको थियो । प्रभातफेरी पश्चात आयोजना भएको कोण सभामा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले पत्रकारले देशको समृद्धिको लागि खेल्नु पर्ने भूमिका सरकारले संचारकर्मीहरुका हरेक समस्याको समाधानका लागि ध्यान दिन आवश्यक रहेको बताउनु भयो ।

यसैगरी सुर्खेत शाखाका अध्यक्ष गणेश कञ्चन भारतीले सम्पूर्ण पत्रकारहरुलाई शुभकामना दिनु भएको थियो । अबको युग भनेको परिवर्तनको युग भएकोले पत्रकारले त्यस खेल्नु पर्ने भूमिका र पत्रकारको पेशागत हक हितका लागि सबै पत्रकारहरु एक भएर अगाडि बढ्न आवश्यक रहेको अध्यक्ष भारतीको भनाई थियो ।