Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

राप्रपा (संयक्त) को चुनाव चिन्ह हलो

काठमाडौं
राप्रपा (संयक्त) निर्बाचन आयोग मा दर्ता भएको छ । राप्रपा संयुक्तको चुनाव चिन्ह हलो कायम रहेको जानकारी निर्बाचन आयोगले राप्रपा संयुक्त केन्द्रिय कार्यालयलाई गराएको छ । यसअघि राप्रपा (प्रजातान्त्रिक) र एराप्रपा (राष्ट्रवादी) विचको एकता पछि वनेको राप्रपा (संयुक्त) ले दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन पेस गरेको थियो ।

फरक राजनीतिक शक्तिको रुपमा देखिएको राप्रपा संयुक्रले संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि आफ्नो एजेण्डा अगाडि सारेको छ । जतताको इच्छा विपरित लादिएको संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताले देश विकास गर्न नसक्ने भन्दै विभिन्न चरणका आन्दोलन गर्दै आइरहेको राप्रपा संयुक्तले शान्ति पूर्ण आन्दोलन गर्दै जनताको मन जितेर हिन्दू राष्ट्र तथा संवैधानिक राजतन्त्र स्थापना गरेरै छाड्ने दाबी गरिरहेको छ ।

RPP Samyukta