Loading... आजः ७ जेष्ठ २०८३, बिहीबार । Thursday 21st May 2026
ताजा खबर
  

बाढीपीडित प्रतिपरिवार ३ लाख

सुर्खेत । कर्णाली प्रदेश सरकारले वाढीपहिरो पिडीतहरुलाई आवास निमार्णको लागि प्रति परिवार ३ लाख दिने निर्णय गरेको छ । मंगलवार साँझ बसेको प्रदेश सरकारको ४०औँ मन्त्रीपरिषद्को बैठकले प्रदेश २०७१ सालका बाढीपीडित परिवारका लागि प्रतिपरिवार ३ लाख दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् । प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बाढि पहिरोबाट विस्तापित परिवारलाई पुननिमार्णको लागि समिति गठन गरेर काम सुरु गरेको थियो ।
प्रदेश सरकारले दिएको तथ्याङ्क अनुसार अहिले सुर्खेत जिल्लामा १ हजार ४५ परिवार घरवार बिहिन भएका छन् । प्रदेश सरकारले घर नभएकाको लागि घर निमार्ण गर्ने, भूमि समेत नभएका पिडितको लागि उचित स्थानमा जग्गाको व्यवस्था गरेर एकिकृत नमुना बस्तीको बिकास गर्ने सोच रहेको मन्त्री केसीले जानकारी दिइन् । पछिल्लो समयमा विभिन्न क्षेत्रहरुमा बाढि, पहिरो पिडितहरुको संख्या बढेको छ । मन्त्री केसीले भनिन्, ‘पहिला देखि अहिले सम्मका बाढी पडितहरुलाई समेटेर लैजाने प्रदेश सरकारयो योजना छ । त्यसको लागि कार्यविधि बनाएर नै अघि बढ्ने छौँ । भूमि हिन पिडितको लागि जग्गा उपलब्ध गराउने, राहात वितरण कार्यमा पनि प्रदेश सरकार गम्भिर छ । अहिले बाढि पहिरो प्रभावित क्षेत्रहरुमा कम्तीमा २, ४ वटा नमुना बस्ति बनाउन सके राम्रो हुन्थ्यो ।’ प्रति परिवार ३ लाखका दरले करिव ३१ लाख भन्दा बढि हन्छ जसको लागि केन्द्र सरकार र स्थानिय सरकारले सहयोग गर्ने मन्त्री केसीको भनाई थियो । प्रदेश सरकारले दिने राहत केहि दिनबाट नै सुरु हुने भएकाले घर नभएकाहरुले असार सम्म आफ्नो घर बनाउन सकिने मन्त्री केसीको भनाई थियो । अहिले पडितहरु महिला प्रशिक्षण केन्द्र, गिरीघाट, छिन्चु, तिखाकुना, तरंगा लगायतका शिविरहरुमा बस्दै आएका छन् ।

असिनापीडितलाई दुई करोड
यस्तै प्रदेश सरकारले असिना पीडित किसानलाई समेत राहत दिने भएको छ । सोही मन्त्रीपरिष्दको बैठकले राहत स्वरुप दुई करोड रुपैयाँ उपलब्ध गराउने निर्णय पनि भएको हो । केहि दिन अघि हावा हुरी संगै परेको असिनाले दैलेख लगायतका जिल्लाहरुमा ठूलो क्षेति गरेको थियो । पिडितहरुका लागि १५ दिन भित्र लगत संकलन गरि २ करोड उपलब्ध गराउने मन्त्री केसीले जानकारी दिइन् । मन्त्री केसीले हरेक वर्ष घट्ने विपद्को दीर्घकालीन समस्या समाधान गर्न कृषि विमा गर्न सबैलाई आग्रह गरिन । कृषि बीमा सबै क्षेत्रका किसान हरुका माझ पु¥याउनको लागि प्रदेश सरकार सम्भिर रहेको उनको भनाई थियो ।

यस्तै बैठकले सुर्खेतमा निमार्णधीन गोदाम घरको बाँकी निमार्ण कार्य सम्पन्न भएको जानकारी दिएको छ । यस्तै प्रदेश सभाको हिउदे अधिवेशन बुधबार देखि अन्य गर्नको लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको जानकारी दिएको हो ।