Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

बुलबुले भ्यूले ग¥यो श्रमिकलाई सम्मान

सुर्खेत
सुर्खेतमा करिब ७ महिना अगाडि संचालन भएको होटल बुलबुले भ्यू ले होटलमा काम गर्ने सबै श्रमिकहरुलाई सम्मान गरेको छ ।

Image may contain: 11 people, including DB Rawat, people sitting, table and indoor
श्रमिकलाई सम्मान गर्दै सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धन बहादुर रावतले होटलको विकास गर्न पर्यटनकीय क्षेत्रको विकास हुने बताउनु भएको छ । त्यसै गरी पूर्व सभासद नरबहादुर बिष्टले पर्यटकीय क्षेत्रको विकासका लागि स्तरीय होटलको आवश्यकता रहेको सबै सरोकारवालाहरुले त्यस तर्फ सोच्नु पर्ने बताउनु भयो ।

Image may contain: 1 person, standing
नयाँ वर्षको शुभकामना आदान प्रदानसमेतको कार्यक्रम आयोजना गरेर होटलले नियमित ग्राहकहरुलाई समेत सम्मान गरेको छ । श्रमिकले पनि सम्मान पाउनु पर्ने बताउँदै होटलका एम डी जनक सिंह ठकुरीले श्रमिकलाई सम्मानको कार्यक्रम आयोजना गरेको बताउनु भयो

कार्यक्रममा धन बहादुर बुढा, कमल सिंह, लक्ष्मण सिंह, गणेश कञ्चन भारतीलगायतको उपस्थिति रहेको थियो ।

Image may contain: 6 people, people smiling

Image may contain: 5 people, people sitting and indoor