थप एक पानी कम्पनीमा शिलबन्दी
वैशाख १६ सुर्खेत ।
वैशाख १५ (हिजोदेखि) शुरु भएको पिउने पानी उत्पादन गर्ने कम्पनीको अनुगमनले आजपनि निरन्तरता पायो । जस अनुसार आज एक अर्को कम्पनीमा अनुगमन टोलीले शिलबन्दी गरेको छ ।
वीरेन्द्रनगर १० सुर्खेतमा रहेको रारा ड्रिङ्किङ्ग वाटर सप्लाई उद्योगलाई अनुगमन टोलीले शिलबन्दी गरेको हो । त्यसैगरी जयश्री पेवर ड्रिङ्किङ्ग वाटर कम्पनी र काँक्रेविहार वाटर कम्पनी भने संचालन नभएको पाइएको छ ।

मापदण्ड पूरा नगरी संचालन गरेकोले, गुणस्तरीय पानी उत्पादन नभएकोले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएको हुँदा पानी उत्पादन गर्ने कम्पनीमा शिलबन्दी गर्नु परेको खाद्य निरीक्षक भेषबहादुर थापाले बताउनु भयो ।

पिउने पानी सम्बन्धि निर्देशिका २०७४ बमोजिम मापदण्ड पूरा गरेर कम्पनी सूचारुका लागि निवेदन दिएमा पुनः अनुगमन गरी कम्पनी संचालन गर्न दिने निरीक्षक थापाले दोहो¥याउनु भएको छ । मध्यपश्चिम वाटर एण्ड वेभरेज इन्डष्ट्रिज प्रा.लि. औद्योगिक क्षेत्र सुर्खेतले उत्पादन गरेको पानीको जार भित्र केही दिन अघि मात्र झिँगा फेला परेको थियो ।







