Loading... आजः ७ जेष्ठ २०८३, बिहीबार । Thursday 21st May 2026
ताजा खबर
  

जोनसन कम्पनिको टायल र सेनेटरी आईटमको सोरुम संचालन


पछिल्लो समय सुर्खेतमा निमार्ण हुने घरहरुमा मार्बल, टायल अनि किचन तथा बाथरुममा आकर्षक सेनेटरी वेयर्स प्रयोग गर्ने क्रम बढ्दो छ । यसैलाई मध्यनजर गरी आकर्षक मार्बल, टायल र सेनेटरी आईटम लगाउन चाहनेहरुका लागि सुर्खेतको वीरेन्द्रचोक खोर्केलाईनमा विश्वका प्रख्यात डिजाईनरले तयार पारेका हार्डवेयर सामाग्री पाईने विनोद सप्लायर्स सोरुम सञ्चालनमा ल्याईएको छ ।


विनोद खड्काको करिव १ करोड रुपैयाको लगानीमा संचालनमा आएको विनोद सप्लायर्समा जोनसन व्राण्डका सानादेखि ठूला साईजका टायल्सहरु उपलब्ध रहेको छ । त्यस्तै सोरुममा विश्वव्राण्डका बाथरुम, किचेन लगायतमा प्रयोग हुने विश्वव्राण्ड जक्वार कम्पनिका सेनेटरी वेयर्स पनि उपलब्ध रहेको छ । नयाँ टेस्टमा सहज अनि शुलभ तरिकाले विश्वव्राण्डका टायल तथा सेनेटरी वेयर्स उपलब्ध गराउने आफूहरुको सोच रहेको संचालक खड्काको भनाई छ । यस क्षेत्रमा व्यवसायका साथसाथै हार्डवेयर जगतमा नयाँ टेस्ट र नयाँ लुक्स दिन पनि हामीले सोरुम संचालनमा ल्याएका हौं ।

अब यसक्षेत्रका वासिन्दाले आकर्षक टायल र सेनेटरी आईटमका खरिदका लागि कुनै तनाव लिनुपर्ने छैन ।’ खड्काले भने, गुणस्तरिय सामानका लागि विभिन्न ठाउँहरुमा जानुपर्ने वाध्यताको अन्त्य गर्न हामीले सुर्खेतमा सोरुम संचालनमा ल्याएईको हो । जोनसन र जक्वार कम्पनिका सामानहरुको दर रेट समेत नेपालभर एउटै हुने भएकाले पनि ग्राहकहरु ठगिने समस्याको अन्त्य हुने उनले वताए । कर्णाली प्रदेशमा गुणस्तरिय सामान सहित ग्राहकहरुको आवश्यक्तालाई ध्यान दिदै सेवा प्रवाह गर्ने खड्काले वताए । विनोद सप्लायर्स जोनसन तथा जकवार ब्राण्डको कर्णाली प्रदेशका लागि आधिकारिक डिस्ट्रिब्यूटर्स पनि हो ।

देउती खबर