Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

चुनौतीको रुपमा स्वास्थ्य क्षेत्र

बसन्त भण्डारी, सुर्खेत । विकास निमार्णका हिसामा पछि परेको कर्णाली प्रदेशमा स्वास्थ्य क्षेत्र पनि एक चुनौतीको रुपमा रहदै आएको छ । गाउँ गाउँमा सहजै रुपमा स्वास्थ्य संस्थाहरुको पहुँज नपुग्नु, भएका स्वास्थ्य संग संस्थाहरुमा प¥याप्त औषधी उपचार नहुनु, स्वास्थ्य सामाग्रीको अभाव हुनु, खानापानका कारण कर्णाली प्रदेश बासीको स्वास्थ्यका समस्याहरु दिन प्रतिदिन बढ्दै आईरहेका छन् । विशेष गरेर कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा रहेका दुर्गम गाउँ बस्तीमा यो समस्याले सताएको छ । स्वास्थ्य समस्याका कारण बर्सेनि सयौँ कर्णाली बासीले अकालमा ज्यान गुमाउने गरेको समस्या नौलो भने पक्कै हैन् । हालको अवस्थामा सम्म आईपुग्दा विकास निमार्णका कामहरु अघि बढेपनि कर्णालीको स्वास्थ्यको समस्यामा कमि भने आउन सकेको छैन ।

हेलिकप्टरबाट बिरामी उद्धार
पछिल्लो समय प्रदेश सरकारले हेलिकप्टर चाटर गरेरै भएपनि कर्णालीबासी बिरामीहरुको उपचारमा जुटेको छ । विशेष गरेर हिमाली जिल्लाहरु हुम्ला, मुगु, डोल्पा लगायतका जिल्लाहरुका सुत्केरी तथा अन्य जटिल खालका बिरामीहरुलाई प्रदेश सरकारले तत्काल हेलिकप्टरबाट उद्धार गर्ने कार्य गरिरहेको छ । शुत्रबार एतामात्रै प्रदेश सरकारले हेलिकप्टर चाटर मार्फत ४ जना सुत्केरीको ज्यान जोगाएको छ । यसरी स्वास्थ्य क्षेत्रमा प्रदेश सरकार सकृय भएर लागेपछि दुर्गम गाउँमा प्रदेश सरकारले काम गरेको महशुस भैरहेको कर्णालीबासीको भनाई छ । आईतबार कालिकोटको सानी त्रिवेणी गाउँपालिका वडा नं. ५ मेहलमुडीकी २२ वर्षीया स्वस्तिका बमको प्रदेश सरकारको पहलमा उद्धार गरेर सुर्खेत ल्याएर सुरक्षित गर्भधारण गरिएपछि उनका श्रीमान गोविन्द शाहीले भने, ‘‘मेरा लागि साक्षत ईश्वर प्रदेश सरकार बन्यो । अहिले मेरी श्रीमतीको ज्यान जोखिमबाट बाहिर आएको छ । सरकारलाई लाखौंलाख धन्यवाद ।’’ कर्णालीमा स्वास्थ्यको क्षेत्रमा धेरै समस्याहरु भएको कारणले प्रदेश सरकारले दिर्घकालिन समाधानमा लाग्नुपर्ने उनको भनाई छ ।
यस्तै, शुक्ररबार मात्रै डोल्पाबाट दुई जना गर्भवतीको उद्धार गरी प्रदेश अस्पताल र्पुयाइएपछि डोल्पाका वृष महताराले भगवान् भन्दै मन्त्रीलाई ढोग समेत गरेका थिए । यसरी बिरामीहरुको उद्धार गरेपछि प्रदेश सरकारको कामको जताततैबाट स्वागत भैरहेको छ । गाउँ गाउँबस्ती बस्तीका मानिसहरुले सरकार भएको महसुस गरेका छन् ।

प्रदेश सरकाको काम
हाल प्रदेश सरकारले स्वास्थ्य समस्याहरुको समाधान गर्नको लागि विशेषज्ञ सेवा बिस्तार अन्तर्गत प्रदेश अस्पताल, प्रत्येक जिल्लाका अस्पतालहरुमा एमबिबिएस, एमए लगायतका डाक्टरहरुको सेवा विस्तार गरिरहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुम ब्रिस बहादुर शाहीले जानकारी दिए । विभिन्न क्षेत्रमा सामुदायीक स्वास्थ्य इकाई गठन गरिएको, विभिन्न क्षेत्रमा बर्थिङ सेन्टर मार्फत स्वास्थ्य संग संस्थाहरु सुधान गर्ने, स्वास्थ्य क्षेत्रहरुको भौतिक सुधार, सुविधा बिस्तार गर्ने लगायतका कामहरु भैरहेको उनको भनाई छ । प्रदेशमा नै आयुरवेद्धिक औषधि उत्पादन गर्ने, नयाँ नयाँ प्रविधिहरु भिक्राउने, गाउँ गाउँमा स्वास्थ्य संस्थाहरुको बिस्तार गर्ने लगाएतका कामहरु प्रदेश सरकारले अघि बढाएको उनको भनाई छ । यस्तै बर्सैनी हुने सुत्केरीको समस्या समाधान गर्नको लागि सम्बन्धीत क्षेत्रका स्वास्थ्य संग संस्थाहरुलार्ई विभिन्न खालका तालिमहरु दिने, आवश्यक चिकिस्तकको व्यवस्था गर्ने, टेलिमेडिसियनको व्यवस्था गर्ने लगायत अन्य विभिन्न कामहरु प्रदेश सरकारले अघि बढाएको उनको भनाई थियो । सरकार अहिले प्रदेशका बिरामीहरु बचाउने अभियानमा रहेकाले कतै अप्ठ्यारो परेको खबर पाउनासाथ तत्काल हेलिकप्टर मार्फत भएपनि उद्धार गरिने कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दलरावलको भनाई छ ।