सरकार शिक्षा नीतिमा असफलः डा. लोहनी
धादिङ्ग ।
राप्रपा (संयुक्त) का अध्यक्ष एवं पूर्व अर्थ तथा परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले सरकार शिक्षा नीतिमा असफल रहेको बताएका छन् ।
धादिङ्गको धुनिवेसी नगरपालिकामा रहेको सुपर्व क्याटलिस्ट एकेडेमीकाे १३ औँ वार्षिकोत्सवमा डा. लोहनीले सरकार शिक्षा नीतिमा असफल रहेको बताएका हुन् ।

वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि डा. लोहनीले सरकार शिक्षा नीतिमा असफल रहेको भन्दै, राजनीतिक रुपमा यो सरकारले ध्रूविकरण निम्त्याउन खोजेकोमा चिन्ता व्यक्त गरेका छन् । कार्यक्रममा उनले भने, ‘हामी, राजनीतिककर्मिहरुको उद्धेश्य देश र जनतामा हितमा केन्द्रित रहनु पर्छ । यस क्रममा राजनीतिक दलहरू बीच स्वास्थ प्रतिस्पर्धा हुनु स्वभाविक हो, तर यो प्रतिस्पर्धा कहिले पनि दुस्मनीमा रुपान्तरित हुनु हुँदैन ।’
उनले अगाडि भने, ‘जुन देशका राजनैतिक नेताहरुले प्रतिस्पर्धालाई दुस्मनीको रुपमा देख्छन त्यहाँ राजनीतिक ध्रूविकरण हुने मात्र नभई अशान्ति र अराजकता फस्टाएर देश नै तवाह हुने सम्भावना रहन्छ ।’
अध्यक्ष लोहनीले यो यथार्थलाई आत्मसाथ गर्दै वर्तमान सरकारलाई प्रतिस्पर्धिको आलोचना वा सुझावलाई दुस्मनीको व्यवहार नगर्न सुझाएका थिए ।
कार्यक्रममा विध्यालयका प्रअ अजय कुमार रिमाल, धुनिवेसी नगर नेका सभापति दिपेन्द्र पाठक, नेकपाका राजाराम पाण्डे लगायतले सम्वोधन गरेका थिए ।
कार्यक्रमको सभापतित्व नरेश शर्मा दाहालले गरेका थिए ।
धादिङ्गको धुनिवेसी खानिखोलामा रहेको विद्यालय २०६३ सालमा स्थापना भई हाल गुणस्तरीय शिक्षा सहितको इलाका भरिमै उत्कृष्टमा गनिन्छ ।
गाउँ सहर बाट






