Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

प्रदेश सरकारले मनायो १२ औं गणतन्त्र दिवस (फोटो फिचर)

सुर्खेत १५ ज्येष्ठ ।
कर्णाली प्रदेश सरकारले भव्यताका साथ १२ औं गणतन्त्र दिवस मनाएको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले गणतन्त्र ल्याउनका लागि जति संघर्ष गरिएको थियो त्यसरी नै यसलाई फलाउन र फूलाउन तर्फ गर्नु पर्ने बताउनु भयो ।

शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै कार्यक्रमका सभापति एवम् कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेशलाई गरिब प्रदेशको रुपमा संज्ञा दिने मात्र होइन गणतन्त्रको संस्थागत विकास गरी समृद्ध कर्णाली बनाउने कार्यमा सबै लाग्न आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा गणतन्त्र दिवसका अवसरमा भएका विभिन्न गतिविधिहरु खेलकुद तथा रचना वाचन कार्यक्रममा स्थान प्राप्त गर्नेहरुलाई प्रमाण पत्र तथा पुरस्कार समेत वितरण गरिएको थियो ।