विपन्नतथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिवितरण कार्यक्रम सम्पन्न
सुर्खेत
ग्रामिण जनउत्थान मञ्च सुर्खेतको आर्थिक सहयोगमा वीरेन्द्रनगर २ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय फलाटे र श्री सरस्वती आधारभूत विद्यालय रागसपाइलाका ११ जना बालबालिकालाई छात्रवृति प्रदान गरिएको हो ।
संस्थाले आमावुबा नभएका, विपन्न तथा जेहेन्दार बालबालिकाहरुलाई शैक्षिक सहयोग पुग्ने गरी शुक्रबार फलाटेमा एक कार्यक्रम गरी दुई जोड विद्यालय ड्रेस र एक जोड छालाको जुत्ता प्रदान गरेको हो ।
संस्थाले वीरेन्द्रनगर २ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय फलाटेका विमला भण्डारी, अविषेक चौधरी, मोहन सिं ठकुरी, आरती बुढा र जानकी उचइमगर गरी ५ जना र श्री सरस्वती आधारभूत विद्यालय रागसपाइलाका सपना सुनार, पुष्ष शर्मा विशाल बयलकोटी, हेमन्त रेग्मी, नविन वि.क.र वेतन बुढाथोकी गरी ६ जना बालबालिकालाई छात्रवृति प्रदान गरिएको हो ।
आफ्नो सदस्यता नविकरण शुल्क जम्मा गरी त्यसबाट आएको व्याजबाट पुरस्कार वितरण गरेको संस्थाका अध्यक्ष दिपेन्द्रकुमार थापाले बताए । यसैवीच वाङगेसिमल सामुदायिक सिकाई केन्द्रले एक कार्यक्रम गरी जेष्ठ नागरिकहरुलाई सम्मान गरेकोछ । वडा नं. १ को आर्थिक सहयोग ४२ जना जेष्ठ नागरिकहरुलाई विविध कार्यक्रम गरी शुक्रबार सम्मान गरेका हुन । दलित समुदायका ५९ र अन्य समुदायका ६९ वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई वृद्धवृद्धाहरुलाई सम्मान गरेको हो । १३ जना पुरुष र २९ जनालाई गर्मीबाट बच्न छाता, हलिक्स र खादाले सम्मान गरेका हुन । सम्मान कार्यक्रममा १४ वटा टोल विकासका अध्यक्षहरु ४ वटा विद्यालयका प्रधानाध्यापक लगायतको सहभागिता रहेको थियो । वीरेन्द्रनगर नगरपालिका वडा न.१ का वडा सदस्य सोमान सिंको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष मोहनदेव गिरीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।






