Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

स्व पत्रकार गेलाङको परिवारलाई १ लाख रुपैया हस्तान्तरण

सुर्खेत

स्व पत्रकार नन्दबहादुर गेलाङको परिवारलाई नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले नगद १ लाख रुपैया हस्तान्तरण गरेको छ । शुक्रवार ७  औ दिनको पुण्यतिथिको अवसर पारि दिवगंत पत्रकार गेलाङको परिवारलाई सहयोग रकम हस्तान्त्रण गरिएको हो । यस्तै पत्रकार गेलाङको ७ औ दिनको पुण्यतिथिको अवसरमा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको परिसरमा समेत शोक तथा श्रदान्जली सभाको समेत आयोजना गरिएको थियो ।

यस्तै स्वार्गिय पत्रकार गेलाङको सम्झना र सहयोगका लागि स्वर्गिय पत्रकार गेलाङ स्मृति पत्रकारिता पुरस्कार , आश्रित परिवारका लागि सहयोगार्थ अक्षयकोष स्थापना समेत गरिने शाखा सचिव सुदिप पुरीले वताए । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सहसचिव समेत रहेका पत्रकार गेलाङको मिति २०७६ जेठ २९ गते दिउ“सो समाचार संकलनका लागि जाने क्रममा भेरीगंगा नगरपालिका वडा नं ८ लोदेमा भएको सवारी दुर्घटनामा परी असामयिक निधन भएको थियो ।