Loading... आजः १९ बैशाख २०८३, शनिबार । Saturday 2nd May 2026
ताजा खबर
  

रापपा संयुक्तं का अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीलाई सम्मान

काठमाडौँ, ७ असार ।

कान्तिभैरव उत्तरगया क्षेत्र व्यवस्थापन समिति गोकर्णले रापपा संयुक्तं का अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीलाई सम्मान गरेको छ ।

शनिबार एक कार्यक्रमकाबीच सम्मानित हुँदै डा. लोहनीले धार्मिक तथा पौराणिक महत्व बोकेको स्थानहरुलाई विकास गरी तीनका महत्व बुझाउन सके धार्मिक पर्यटकबाट नै नेपालले उपलव्धि हासिल गर्दै मुलुकले समृद्धि पाउने बताए ।

उनले गोकर्णेश्वरसम्म आइपुग्ने वौद्द, जोरपाटी, सुन्दरीजल सडकखण्ड यथाशिघ्र मर्मत गर्न सम्बन्धित पक्षले ध्यान दिनु जरूरी रहेको बताए । कार्यक्रम कान्तिभैरव गुरुकुल विध्यालयका अध्यक्ष डा ऋिषिराम पोखरेलको अध्यक्षतामा भएको थियो ।

अतिथिहरू मन्दिर सुधार समितिका अध्यक्ष भैरव श्रेष्ठ, व्यवस्थापन समितिका सदस्य श्रीचन केसी, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष कुमार श्रेष्ठ, राप्रपा (संयुक्त) का केस मणिराज तामाङ, केन्द्रीय संचार समितिका सदस्य जनकराज पाठक लगायत ले मन्तव्य राखेका थिए ।

कार्यक्रममा उक्त समितिले स्थापना गरेको अक्षय क‍ोषमा डा. लोहनीले १ लाख सहयोग गरेका थिए ।