Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

बिमा बापतको रकम हस्तान्तरण

असार १४ सुर्खेत ।
एशियन लाईफ ईन्स्योरेन्स शाखा सुर्खेतले दुर्घटनमा परी मृत्यु भएका दिपेन्द्र थापाका परिवारलाई बिमा रकम हस्तान्तरण गरेको छ । ठाँकीकाध गाउँपालिका १ दैलेखका दिपेन्द्र थापाका परिवारलाई बिमा रकम हस्तान्तरण गरिएको हो । उहाँको गत जेठ ९ गते दैलेखको गुराँसेमा मिनि ट्रक दुर्घटना हुँदा थापाको निधन भएको थियो ।

थापाले एशियन लाईफ ईन्स्योरेन्समा १० लाख रुपिँयाको जीवन बिमा गर्नुभएको थियो । उहाँको दुर्घटनामा मृत्यु भएपछि उप–शाखा दैलेखले ठांटीकाध एक कार्यक्रमका बिच शुक्रबार २० लाख ५३ हजार बराबरको चेक थापाका श्रीमति लक्ष्मी बोगटी हस्तारन्तरण गरिएको एशियनका शिनियर बिजनेश म्यानेज मिलन श्रेष्ठले जानकारी दिनुभयो । थापाले पहिलो किस्ता मात्र कम्पनीमा बुझाउनु भएको थियो । औषधि व्यवसायी थापाले ठाँकीकाँधमै मेडिलक संचालन गर्नुभएको थियो ।

मृतकी श्रीमती लक्ष्मी बोगटीले यस रकमले आफ्नो सन्तानका लागी केहि राहत हुने बताउनुभयो । उहाँको ७ महिनाको छोरी छन् । घरमै गएर रकम हस्तान्तरण गरेको भन्दै उहाँले धन्यवादन दिनुुभयो । शाखा सुर्खेतका बरिष्ठ अधिकृत पारसमणि खनाले शाखा सुर्खेतद्धारा वीमा रकम हस्तान्तरण गरेको पहिलो ठुलो रकम भएको बताउनु भयो ।

बिमा रकम हस्तान्तरण कार्यक्रममा ठाँठिकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही, एशियन लाईफ ईन्स्योरेन्स कम्पनीका सिनियर बिजनेश म्यानेजर कविराज कडेंल, शाखा सुर्खेतका बरिष्ठ अधिकृत पारसमणि खनाल, उप–शाखा दैलेखका प्रमुख अंकबहादुर वुढालगायतको सहभागिता रहेको थियोे ।