Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

सुर्खेतमा पनि मनाइयो धान दिवस (भिडियो सहित)

असार १५ सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा १६ औं धान दिवस भव्यताका साथ मनाइएको छ । धान दिवसका अवसरमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले किसान अन्नदाता भएकोले उनीहरुको सम्मान गर्नु पर्ने बताउनु भयो । कर्णाली प्रदेशका कृष मन्त्री बिमला केसीले नेपाल कृषि प्रधान देश भएको र त्यसमा पनि कर्णाली कृषिमा उर्वर भूमि भएकोले अब खाद्यन्न आयातलाई अन्तय गर्नका लागि सबैले कृषि क्षेत्रलाई अगाडि बढाउनु पर्नेमा जोड दिनु भयो ।

धान दिवसमा हिले दौड, डोरी तानातान, गोरु दौडलगायत संसकृतिक कार्यक्रमहरु समेत प्रस्तुत भएका थिए । मनिकापुर कृषि सहकारीले आयोजना गरेको रोपाइ कार्यक्रममा सामुहिक रुपमा दही च्यूरा समेत खाइएको र विभिन्न कृषक समूहहरुको समेत सहभागीता रहेको थियो ।

भिडियो यु ट्युब बाट लिइएको हो |