Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

एसईई ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन

भक्तपुर, असार २२ ।

परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन गरेको छ ।

गत चैतमा सञ्चालित कक्षा १० परीक्षामा नियमित समूहतर्फ सहभागी भई सी वा त्योभन्दा कम ग्रेड पाएका विद्यार्थीले आफूले चाहेको दुई विषयसम्म परीक्षा दिन पाउने व्यवस्था गरिएको बोर्डले जनाएको छ।

बढीमा दुई विषयको परीक्षामा अनुपस्थित तथा ग्रेड उल्लेख नभएका विद्यार्थीले पनि परीक्षा दिन पाउने उल्लेख छ। त्यसका लागि साउन १० भित्र फाराम भर्न भनिएको छ।

परीक्षाा यहि भदौ १ गते शुरु हुने परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।