कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावललाई ज्ञापन पत्र
सुर्खेत ।
‘वीरेन्द्रनगरमा सामुदयिक पुस्तकालय अभियान’ ले कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावललाई ज्ञापन पत्र बुझाएको छ । भने प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई अवधारणा पत्र बुझाएको छ। सोमवार ‘वीरेन्द्रनगर सामुदयिक पुस्तकालय अभियान’ को टोलिले मन्त्री र प्रदेशप्रमुखको कार्यकक्षमै पुगेर उक्त ज्ञापन र अवधारणा पत्र बुझाएका हुन । 
ज्ञापन पत्रमा वीरेन्द्रनगरमा सामुदायिक पुस्तकालय अपरिहार्य रहेको र यसको लागि सामाजिक विकास मन्त्रालय र प्रदेश सरकारको ध्यानाकर्षण गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै सामाजिक विकास मन्त्री दल रावले यो अवधारणको लागी कर्णाली प्रदेश सरकारले पनि नीति नै राखेको बताए । उनले सुर्खेत स्थित संग्रहालयको भवन संगै जोडेर यसलाई सरकारी पुस्तकालयका रुपमा सन्चालन गर्ने धारणा व्यक्त गरे ।
तर यसको खण्डन गर्दै अभियान्ताहरुले यसलाई कुनै एउटा निश्चित साघुरो ठाँउमा स्थापना नगरी अलि फराकिलो र शान्त स्थानमा वहुआयामिक सुबिधा सहित स्थापनामा ध्यान राख्न आग्रह गरे । मन्त्री रावलले यस्ता कुराहरुलाई मध्यनजर गर्दै अगाडी बढ्ने बताए ।

अवधारणा पत्र बुझ्दै कर्णाली प्रदेशका प्रदेशप्रमुख दुर्गाकेशर खनालले वीरेन्द्रनगरमा एउटा सार्वजनिक पुस्तकालय नहुनु दु:खद भएको बताए । “पुस्तकालय कुनै निश्चित संस्था या निकायको मातहतमा रहि चल्ने संस्था होइन, यसलाई नितान्त सार्वजनिक रुपमा नागरिक हरुकै संरक्षणमा संचालित गर्नु पर्छ र त्यस्को सहयोग सरकारले नै गर्नु पर्छ अनि मात्र यसले दिगो रुप लिन सक्छ ।” उनले भने ।
अभियानका संयोजक तथा क्षेत्रिय शिक्षा निर्देशनालय सुर्खेतका पुर्व सहसचिव भक्त बहादुर खड्काले अवधारणाले समग्र प्रदेशकै शिक्षा क्षेत्रकै सुधारका लागि भुमिका खेल्ने बताए । युवा अभियान्ता हरि उपाध्यायले हाल समाजमा विशेष गरि नयाँ पुस्तामा अध्ययन या सिकाइको महत्व कुनै निश्चित पाठ्यक्रम र परिक्षा सम्म मात्र जोडिएको र सिकाईलाई जीवन रुपान्तरण र भोगाई सम्म जोड्नका लागि यो अभियान थालिएको बताए । 






