Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

चाल लाख घुससहित सुर्खेतका डिएफओ पक्राउ

सुर्खेत ।
जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख (डिएफओ) चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। जिल्ला वन प्रमुख भक्तबहादुर लामालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै आज (शुक्रबार) चार लाख रुपैयाँ घुससहित पक्राउ गरेको जनाएको छ ।

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले लामालाई कार्यकक्षबाटै घुससहित पक्राउ गरिएको जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयले लामा सेवाग्राहीबाट घुस लिँदालिँदै पक्राउ परेको पुष्टि गरेको छ ।

पछिल्लो समयमा सुर्खेतमा कार्यालय भित्रै घुस सहित रंगेहात पक्राउ पर्ने क्रम बढ्दै गइरहेको छ । अख्तियारको सक्रियता र सेवाग्राहीहरुको सचेतताका कारण पनि भ्रष्टाचारका घटनाहरु बाहिर आइरहेका छन् । सबै सेवाग्राहीहरु सचेत रहने हो भने पनि भ्रष्टाचारका घटनाहरु बाहिर आउने भएकोले यस सम्बन्धम सचेतनाका कार्यक्रमहरुलाई बढाजा दिन जरुरी छ ।