Loading... आजः ८ जेष्ठ २०८१, मंगलवार । Tuesday 21st May 2024

नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी प्रदेशस्तरीय संवाद कार्यक्रम

सुर्खेत ।
इन्सेक कर्णाली प्रदेशको आयोजनामा नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी प्रदेशस्तरीय संवाद कार्यक्रम सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ । कार्यक्रममा नागरिकका व्यक्तिगत हक अधिकार तथा राजनैतिक अधिकारका बारेमा सरोकारवालाहरुसँग संवाद गरिएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सभा सदस्य अमरबहादुर थापाले मानव अधिकारको उलंघन भएको खण्डमा समाज अगाडि बढ्न नसक्ने भएकोले मानव अधिकारका लागि संस्थागत तथा व्यक्तिगत तहमा पनि सबैले ध्यान दिन जरुरी रहेको बताउनु भयो ।

कार्यक्रममा सम्झना श्रेष्ठ, कपिल अर्याल, टंकराज अर्यालले प्रस्तुतीकरण गर्नुभएको थियो । समग्रमा भन्ने हो भने मानव अधिकार कानूनी रुपमा जति राम्रो देखिएको छ व्यवहारिक रुपमा अझैँपनि सन्तोषजनक नरहेको बताइएको छ ।

कार्यक्रमका सहभागीहरुले नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी महासन्धीमा उल्लेख भएका कुराहरु सबैले पालना गर्नु पर्ने बताउनु भएको थियो । कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य दानसिंह परियार, शोसिला शाही, मनिा रखाल, पदमा खड्कालगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रम इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीको अध्यक्षतामा भएको थियो भने सहजीकरण दुर्गा थापाले गर्नुभएको थियो ।