Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

‘आइएमइ पे’ ले लाइनलाग्नु पर्ने झण्झटबाट मुक्त गरायो

सुर्खेत ।
कुनै समयमा एक ठाउँबाट अर्को ठाउँमा पैसा बोकेर जान निकै समस्या थियो । बाटोमा चोरी हुनेदेखि हराउनेसम्मको डरले मान्छेले निकै हैरानी खेपिरहेका थिए । समय परिवर्तन भएसँगै भएको प्रविधिको विकासले त्यसलाई सजिलो बनाइदियो । जसले गर्दा मान्छेले सामान्य पाकेट खर्च बाहेक ठूलो रकम बैंङ्किक कारोबारबाट गर्न थाले । तर पनि पैसाकै कारण आइलाग्ने तनावबाट भने मुक्त हुन सकेन मान्छे । विद्युत प्राधिकरणमा बत्तिको बील तिर्दाको लाइन बस्नु पर्ने पीडा होस् वा खानेपानी कार्यालयमा पानीको बील तिर्दा लाइन बस्नु पर्ने पीडा नै किन नहोस् । यस्तो लाइन बस्नु पर्ने पीडाबाट कहिले छुटकारा पाइएला भनेर कल्पना गर्नेहरुको कल्पना साँच्चिकै साकार बनाएको छ, ‘आइएमइ पे’ ले ।

कर्णाली प्रदेशको राजधानी भएसँगै सुर्खेतमा जनघनत्व बढ्न थाल्यो । जसले गर्दा विद्युत प्राधिकरणले वितरण गरेका मिटर हुन वा सुर्खेत खानेपानी उपत्यकाले वितरण गरेका खानेपानीका मिटरहरु नै किन नहुन् । मिटरको संख्यामा बृद्धि भएसँगै महसुल बुझाउनु पर्ने कार्यालयका प्राङ्गणमा लामै लाइन लाग्ने गरेकोमा ‘आइएमइ पे’ ले मोबाइलबाट नै विभिन्न बिलको भुक्तानी गर्न सकिने डिजिटल सुविधाहरू ल्याएपछि लाइनबस्नु पर्ने झण्झटबाट मुक्ती पाइएको छ भन्छिन्, वीरेन्द्रनगर ४ बस्ने धनमाया सारु । साँच्चिकै ‘आइएमई पे’ को नाम अहिले निकै चर्चामा छ । गुगल प्ले र एप स्टोरबाट सजिलै डाउनलोड गरि प्रयोग गर्न सकिने भएकोले पनि ‘आइएमई पे’ प्रति सर्वसाधारणहरुको समेत पहुँच पुगेको हो ।

 

विद्युतको बील तिर्नका लागि विहानको खाजा मात्र खाएर लाइनमा बस्न आएको सम्झिन्छन् वीरेन्द्रनगर ९ का धनबहादुर थापा । उनले भने, ‘अहिले घरमै बसेर छोराले सजिलै पानी बत्तिको बील तिर्ने भएकोले लाइनमा बस्नु पर्दैन । पुस माघको जाडो होस् वा वैशाखे गर्मी एकदिन मात्र ढिला भएको खण्डमा जरिवाना तिर्नु पर्ने भएकोले पनि समयमै पानी बत्तिको बील तिर्नु पर्दछ । तर दिनभर लाइन बस्दा बाँझो खेत खनेको झैँ लाग्ने थकाईबाट ‘आइएमइ पे’ छुटकारा दिएको छ भने त्यो लाइन बस्नु पर्ने समयलाई अन्य काममा प्रयोग गर्न पाइएको छ ।


यति मात्र होइन सुर्खेतका ४ वटा पेट्रोल पम्पहरुले ‘आइएमइ पे’ बाट भुक्तानी लिने भएकोले खल्तीको वालेटमा पैसा बोक्नु पर्ने झण्झटबाट मुक्ती मात्र मिलेको छैन त्यसरी बिल तिर्दा आफूलाई आउने कमिसनले पेट्रोल खरिदमा समेत सस्तो पर्न गएको बताउँछन् वीरेन्द्रनगर १० का याम बहादुर थापा ।

कर्णाली प्रदेशको राजधानी रहेको रहेको सुर्खेतमा अहिले ‘आइएमइ पे’ का ग्राहकहरुको संख्या अत्याधिक रहेको देखिन्छ । अन्य इलेक्ट्रोनिक्स सेवाहरुको दाँजोमा ‘आइएमइ पे’ चलाउन पनि सजिलो हुने भएकोले यसका प्रयोग कर्तामा बृद्धि भएको बताउँछन् ‘आइएमइ पे’ कर्णाली प्रदेश प्रतिनिधि डेकेन्द्र थापा । देशका विभिन्न स्थानहरुलाई अध्ययन गर्ने हो भने ‘आइएमइ पे’ को एजेण्ट सञ्जाल पनि निकै ठूलो संख्यामा रहेको छ । समय–समयमा विभिन्न अफरहरु ल्याउने गरेकोले यसप्रति मोह बढ्नु स्वभाविक रहेको एजेण्ट जनक अधिकारीको भनाई छ ।


पछिल्लो समय ‘आइएमइ पे’ ले नयाँ सुविधाका रुपमा रिफर सिष्टम समेत विकसित गरेको छ भने आइएमइ लोकस्टारमा भोट गर्नका लागि समेत ‘आइएमइ पे’ ले सुविधा उपलब्ध गराएको छ । रेमिट्यान्सको काम मात्र नभई विभिन्न सेवा सुविधाहरु उपलब्ध गराएकै कारण यसको अत्याधिक प्रयोग हुने गरेको डेकेन्द्र थापाको भनाई छ । उनी भन्छन्, अब ‘आइएमइ पे’ ले रेष्टुरेण्ट तथा सपिङ्ग सेन्टरहरुमा बैंकहरुले गर्ने स्वायपको सट्टामा ‘क्यूआर कोर्ड’ मार्फत ‘पे’ गर्न सकिने व्यवस्थाको सुरुवात हुँदैछ । विभिन्न विद्यार्थीहरुको सुविधालाई मध्यनजर गरेर विश्वविद्यालय, क्याम्पस तथा निजी विद्यालयहरुको फि (शुल्क) समेत ‘पे’ गर्न सकिने व्यवस्थापन हुँदैछ’ थापाले थपे ।

यसका साथै सरकारी कार्यालय तथा विभिन्न संघसंस्थाहरुमा गरिने आर्थिक कारोबारहरुमा समेत ‘आइएमइ पे’ बाट गर्न सकिने गरि विभिन्न निकायहरुसँग छलफल प्रक्रिया अघि बढिरहेको थापाले क्वीकखबरलाई जानकारी दिए । मुख्यगरि खल्तीमा बोक्नु पर्ने पैसा चोरिने र हराउने डरबाट मुक्ती पाइने ‘आइएमइ पे वालेट’ हो । यसले नगदी कारोबार हाताहाती भन्दा पनि डिजिटल प्रविधिबाट काम गर्ने भएकोले यसको प्रयोग अब आवश्यकता भइसकेको छ । साथै नेपाल सरकार लगायत कर्णाली प्रदेश सरकारले अघि सारेको डिजिटल कर्णालीको नारालाई समेत यसले पूर्ण रुपमा सहयोग गरेको ‘आइएमइ पे’ प्रयोगकर्ताहरुको भनाई छ ।

के के छन् यसका सुविधाहरु

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त मोबाइल वालेट एप ‘आइएमई पे’ लाई आफ्नो फोनमा डाउनलोड गरी प्रमाणिकरण गरिएपछि बिजुली तथा खानेपानीको बिल, फोनको बिल, मोबाइलको रिचार्ज, टि.भी. को रिचार्ज, हवाई जहाज तथा बसको टिकट, पेट्रोल पम्पमा भुक्तानी, केबलकारको टिकट, सिनेमाको टिकट, मोटरसाइकल तथा गाडीको मासिक भुक्तानीदेखि लिएर रेस्टुरेन्टहरू तथा अन्य पसल तथा स्टोरहरूमा पनि रकम भुक्तान गर्न सकिन्छ ।

आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) ले जानकारी गराए अनुसार ‘आइएमइ पे’ को प्रमुख लक्ष्य भनेको मोबाइलबाट गरिने भुक्तानी अर्थात् मोबाइल वालेटको प्रयोगलाई सजिलोभन्दा सजिलो बनाउनु नै हो । हाल ‘आइएमइ पे’ बाट गरिने भुक्तानीको सया उल्लेखनीय रूपमा बढेको छ र आउँदा दिनमा यो अझै बढ्दै जाने देखिएका कारण हामी आशावादी छौँ । प्रयोगकर्ताहरूको जिज्ञासा र उत्सुकतालाई मध्यनजर गर्दै हामीले भुक्तानी गर्ने विभिन्न स्थानहरूको संख्यालाई पनि बढाउँदै लिएर जाने लक्ष्य लिएको ‘आइएमइ पे’ जनाएको छ । सन् २०१९ को अन्त्यसम्म नेपालभर १ लाखभन्दा बढी स्थानहरूमा ‘आइएमइ पे’ बाट नै भुक्तानी गर्न सकिनेछ ।