Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

महासंघका उपाध्यक्ष थापा र पार्षद शाहीलाई पितृशोक

सुर्खेत ।
नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका उपाध्यक्ष माया थापालाई पितृशोक परेको छ । थापाका बुबा दुर्गाजंग थापाको ७२ वर्षको उमेरमा उपचारको क्रममा काठमाडौंमा निधन भएको हो । उहाँ किड्नीको समस्याबाट पीडित हुनुहुन्थ्यो । उहाँका एक छोरा एक छोरी र श्रीमती हुनुहुन्छ ।


यसैगरि नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद रमेश शाहीलाई पनि पितृशोक परेको छ । उहाँका बुबा दलबहादुर शाहीको पनि काठमाडौंमा उपचार गर्ने क्रममा निधन भएको हो ।

जिल्ला शाखा उपाध्यक्ष थापा र केन्द्रीय पार्षद शाहीलाई पितृशोक परेकोमा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले दुःख व्यक्त गरेको छ । शोक वक्तव्य जारी गर्दै महासंघ सुर्खेत शाखाले दुःख व्यक्त गरेको हो ।

क्वीकखबर डटकम शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गर्दछ ।