Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

सहिदको सम्झनामा वक्तृत्वकला प्रतियोगीता

सुर्खेत ।
शहिद याम बिसी स्मृति प्रतिष्ठानले शहिदको सम्झनामा वक्तृत्वकला प्रतियोगीताको आयोजना गरेको छ । श्री कृष्ण संस्कृत तथा साधारण मावि इत्राम भएको ‘कर्णाली प्रदेशको समृद्धि र सहिदका सपना’ विषयक प्रतियोगीतामा श्री कृष्ण संस्कृत तथा साधारण मावि इत्राममा अध्ययनरत ह्दयचन्द्रजंग शाही प्रथम भएका छन् । यसैगरि अमर ज्योति मावि नेवारेका कमल आचार्य द्वितीय र जन मावि बजारका ज्योति देवकोटा तृतीय भएका थिए ।


उक्त प्रतियोगीताका सहभागीहरुले बोकेका शब्दहरुले आफू निकै प्रभावित भएको बताउँदै कार्यक्रमका प्रमुख अतिथि एवम् वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष ध्रुबकुमार चपाईले विद्यार्थी साँच्चिकै भविष्यका कर्णधार भएकोले उनीहरुको क्षमता विकासको लागि गरिएको प्रतियोगीताको प्रशंसा गरे । सहिद भौतिक रुपमा यो धर्तीमा नभएपनि उनीहरुले देखेको सपनालाई पूरा गर्नका लागि सबैले आ–आफ्नो क्षेत्रबाट रचनात्मक काम गर्नुपर्ने चपाईको भनाई थियो ।


सहिदका सपना पूरा गर्नका लागि भाषण गरेर मात्र नहुने बताउँदै विशेष अतिथि एवम् श्री कृष्ण संस्कृत तथा साधारण मावि इत्रामका प्रधानाध्यापक यामलाल घिमिरेले सहिदको सपना पूरा गर्नका लागि कर्णालीलाई समृद्धि तर्फ लैजान पर्ने बताउनु भयो ।


केशव ढकाल संयोजकत्वमा तारा बुढा र दीपा पौडेल (खनाल) को समूहले प्रतियोगीताको निर्णय गरेको थियो । कार्यक्रम याम बि.सी. स्मृति प्रतिष्ठानका सचिव भगवती बिसीको अध्यक्षतामा भएको थियो भने सहजीकरण रमा केसीले गरकी थिइन ।