Loading... आजः १६ आश्विन २०८३, शुक्रबार । Friday 2nd October 2026

कर्णालीका भाैतिक पुर्वाधार बिकास मन्त्री खत्री पदमुक्त

सुर्खेत ।

कर्णाली सरकारका भाैतिक पुर्वाधार बिकास मन्त्रि खड्कबहादुर खत्री पदमुक्त भएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालकाे संविधानकाे धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम पदमुक्त गरि उक्त मन्त्रालयको जिम्मेवारी आफैले सम्हाल्ने निर्णय गरेकाे मुख्यमन्त्रिका प्रेस सल्लाहकार धुव्रविक्रम बुढाथाेकीले जानकारी दिए । मुख्यमन्त्रीकाे निर्णय विहीबार प्रदेश प्रमूख दुर्गाकेशर खनाललाई समेत जानकारी गराईएकाे उनले जानकारि दिए ।


बैकिङ कसुर गरेकाे अभियाेगमा उच्च अदालत पाटनले मन्त्री खत्रीलाई पक्राउ गर्न अादेश दिएपछि उनी पदमुक्त भएका हुन् । उच्च अदालत पाटनले मन्त्री खत्री र राजुप्रसाद श्रेष्ठलाई पक्राउ गर्न सोमबार आदेश जारी गरेको हो। उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले उक्त आदेश जारी गरेकाे थियाे ।

मन्त्री खत्रीसहित पाँच जनाले एक करोड १० लाख ८० हजार रकमको कृषि विकास बैंक भोजपुरबाट जारी नक्कली झुटो, किर्ते, बैंक ग्यारेन्टीको पत्र जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेश गरेका अदालतले ठहर गरेको छ। यो प्रकरणमा पाँचै जनाविरुद्ध बैंकिङ कसुर अन्तरगत मुद्दा चलाइएको थियो।