Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

फोहोर व्यवस्थापनमा म पनि सन्तुष्ट छैन : नगरप्रमुख सुवेदी

सुर्खेत

वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरको फोहोर व्यस्थापनको कार्य भदौदेखि नयाँ योजनाका साथ थप प्रभावकारी रुपमा हुने दाबी गरेका छन ।

मुख्य बजार क्षेत्रको फोहोर व्यवस्थापन र विसर्जनका लागि भइरहेको प्रयासमा आपूmपनि सन्तुष्ट नभएको भन्दै उनले भदौ १ गतेदेखि नै नागरिकले अनुभव गर्ने गरी फोहोर व्यवस्थापनको काम हुने दाबी गरेका हुन ।

विहीबार वीरेन्द्रनगरमा भएको सार्वजनिक सुनुवाइमा नगर क्षेत्रको फोहोर व्यवस्थापनबारे असन्तुष्टि र गुनासा उठेपछि मेयर सुवेदीले भने, ढुक्क हुनुस नयाँ रणनीति र व्यवस्थापनका साथ अनुभूति हुने गरी काम गछौं ।

नगर क्षेत्रको फोहोरको उचित व्यवस्थापन एवं विसर्जनका लागि प्रदेश सरकार, दातृ निकाय लगायत अन्य संघसंस्था र नगरवासीसंगको आपसी समन्वय र सहकार्यमा प्रभावकारी नयाँ योजना बनाएर लागू गरिने उनको भनाई छ ।

यसैगरी मेयर सुवेदीले नगरपालिकाको वडा नं. ६ मा रहेको हटियामा मल्टिमार्केट सपिंग कम्प्लेक्स बनाउने तयारी भइरहेको जानकारी दिएका छन ।

५ तल्ले सपिंग कम्प्लेक्सको डिजाइन र नक्शा तयार भइसकेको जानकारी दिंदै उनले अब निर्माणका लागि कार्यपालिकाबाट निर्णय गराएर निर्माण शुरु गरिने बताए ।

नगरपालिकाको आन्तरिक बजेटले मात्र उक्त भवन निर्माण सम्भव नभएको भन्दै ऋण दिने दाताको पनि खोजीभइरहेको जानकारी दिए ।

स्थानीय हेमराज अधिकारीले हटियाका मासु बजार अव्यवस्थित हुँदा दुर्गन्ध र फोहोर फैलिएको गुनासो गरेपछि मेयर सुवेदीको यस्तो प्रतिवद्धता आएको हो ।

यसैगरी मंगलगढीदेखि लाटीकोइलीको नारायण मन्दिरसम्मको बाटो ममर्त सम्भार तथा नाला व्यवस्थापनका लागि ११ करोड रुपैयाँमा टेण्डरसमेत भइसकेकाले वर्षा लगत्तै काम शुरु हुने उनले जानकारी दिए ।

वडा नं. ९का भोजराज मल्लले मंगलगढी चौकमा अटो रिक्शाले सडक ओगटेर आवागमनमा समेत अवरोध पुर्याएको गुनासो गर्दै उत्त सडक खण्डको मर्मत र नालाको प्रसंग उप्काएका थिए ।

जवाफमा मेयर सुवेदीले वर्षातका बेला निर्माणको काम गर्दा कमसल हुने आशंका र प्रश्नपनि धेरै उठ्ने भएकाले वर्षा रोकिएपछि तुरुन्तै काम शुरु गर्ने प्रविद्धता व्यक्त गरे ।

वर्षातका कारण विकास निर्माणका काम तत्कालका लागि रोकिएको जिकिर गर्दै उनले वर्षा सकिएलगत्तै सडकका खाल्डा पुर्ने, कालोपत्रे गर्ने, नाला बनाउने लगायतका काम तीव्र गतिमा हुने दाबी गरे ।

ढुंगागिट्टी बालुवा लगायतका निर्माण सामाग्रीमा लागेको प्रतिवन्धका कारण हटलाइन लगायत थुप्रै विकास निर्माणका काम अवरुद्ध हुने पुगेको जिकिर गर्दै मेयर सुवेदीले वर्षाको अन्त्य संगै सबै आयोजनाले गति लिने आश्वासन पनि दिए ।

कार्यक्रममा वीरेन्द्रनगर ११ की सुशिला सापकोटाले नगर क्षेत्रमा एक घर एक टनेलको अवधारणा कार्यान्वयन गरी स्थानीय र प्रांगारिक उत्पादनलाई प्रोत्साहन दिन सुझाव दिइन ।

वडास्तरमा तरकारी तथा फलपूmलको पकेट क्षेत्र घोषणा गर्ने गरी योजना बनिरहेको बताउँदै नगर प्रमुख सुवेदीले यसका लागि प्रदेश सरकारका साथै कृषिसंग सम्बन्धित अन्य परियोजनाहरुसंग पनि छलफल भइरहेको उल्लेख गरे ।

वीरेन्द्रनगर १ लालीगुराँस टोलका सन्तबहादुर खत्रील आप्mनो ठाउँमा अझैंपनि पानी र बाटो नपुगेको भन्दै प्रदेशको राजधानीभित्रै भएपनि आपूmहरु कुनै टापुमा बसिरहेको अनुभव भइरहेको गुनासो गरे ।

कार्यक्रमका सहभागीले खानेपानीको अभाव, विद्युत, ढल निकास, डुबान, सार्वजनिक जग्गा अतिक्रमण लगायत विभिन्न विषय सन्दर्भमा आप्mना जिज्ञासा, गुनासा र सुझावहरु राखेका थिए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले कार्यालयले गत आ.वमा सम्पन्न गरेका योजना तथा कार्यक्रमहरुका बारेमा जानकारी गराएका थिए ।

नगरवासीका समस्या सुनुवाइ, सम्वोधन र समाधान गर्न सार्वजनिक सुनुवाइमा मात्र नभई अन्य समयमा पनि नगरपालिका तम्तयार रहेको भन्दै उनले सेवाग्राहीले गुनासो गर्न नपर्ने गरी सेवा प्रवाह गर्ने प्रयास जारी रहेको उल्लेख गरे ।

नगरपालिकाका विभिन्न वडाध्यक्ष, कार्यपालिका सदस्य, टोल विकास अध्यक्ष तथा प्रतिनिधिलगायत नगरपालिकाका विभिन्न शाखा प्रमुखहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण गणेश कार्कीले गरेका थिए ।