Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

संयुक्त रचना वाचन

सुर्खेत ।
वाङ्मय चौतारी नेपाल सुर्खेत र कर्णाली साहित्य समाजको आयोजनामा वीरेन्द्रनगरमा संयुक्त रचना वाचन कार्यक्रम भएको छ । दुई दर्जन साहित्यकारहरुले रचना वाचन गरेको उक्त कार्यक्रममा कवि राजेन्द्रप्रसाद अधिकारीको उपस्थिति रहेको थियो । २०३५ सालमा जागिरको लागि पहिलो पटक सुर्खेत आएका अधिकारीले सुर्खेतबाटै आफ्नो साहित्यिक यात्राको सुरुवात भएको बताए । उनले भने, ‘आज भन्दा ४० वर्ष अगाडि सुर्खेत र अहिलेको सुर्खेत भौतिक रुपमा मात्र परिवर्तन भई बौद्धिक रुपमा समेत परिवर्तन भएको छ । त्यसैगरि साहित्यले समेत निकै फड्को मारेको पाउँदा मलाई खुसी लागेको छ ।’
रचना वाचन कार्यक्रममा साहित्यकार डा. दीपक गौतमले कार्यक्रमको समीक्षा गर्दै साहित्यकारहरु समाज परिवर्तनका संवाहक भएकोले साहित्यिक रचनाले समाजका सबै गतिविधिहरुलाई समेट्न सक्नु पर्ने बताए ।
कार्यक्रममा महेन्द्र चन्द महासागर, सरस्वती पन्त, देवकी तिमिल्सेना समीक्षा, पहल असिम थापा, भीम परियारलगायतले गजल, मुक्तक, कविता, गेडी जस्ता रचनाहरु वाचन गरेका थिए भने कार्यक्रम वाङ्मय चौतारीका अध्यक्ष गणेशभक्त गौतमको अध्यक्षतामा भएको थियो । जसको सहजिकरण कर्णाली साहित्य समाजका अध्यक्ष खगेन्द्र अधिकारी अमृतले गरेका थिए ।