Loading... आजः ७ जेष्ठ २०८३, बिहीबार । Thursday 21st May 2026
ताजा खबर
  

प्रदेश प्रमुखले दिए तीजको शुभकामना

कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले हरितालिका तीजको अवसरमा शुभकामना दिएका छन् । नेपाली नारीहरुले आफ्नो शौभाग्य र परिवारको समृद्धिका लागि निराहार ब्रत बसेर भगवान शिव पार्वतीको पूजा आराधना गरि सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतिकका रुपमा मनाउने गरिएको नारीहरुको महान पर्व हरितालिका तीजको सुखद् अवसरमा कर्णाली प्रदेशका दिदीबहिनीहरुमा पारिवारिक सुख, शान्ति, समृद्धि एवम् सामाजिक एकता र सदभाव कायम रहोस् भन्ने उनले शुभकामना व्यक्त गरेका
छन् ।


‘हामीहरुले मनाउने हरेक चार्डपर्वले सम्पूर्ण नेपालीलाई एकताको सुत्रमा बाँध्दै आएको र भोलिका दिनमा पनि बाँध्ने विश्वास लिएको छु’ शुभकामनामा उनले भनेका छन् । बहुजाती, बहुभाषिक, बहुसंस्कृतिका धनी हामी हिन्दु धर्मालम्बीबीच मनाइने चार्डपर्वले आफ्नै मौलिक मान्यतालाई संरक्षण गर्दै, परम्परागत मौलिक भेषभूषा र कला संस्कृतिको सम्वद्र्धन गरिरहेको कुरालाई आत्मसाथ गर्दै चार्डपर्वहरुलाई खर्चिलो र भडकिलो नबनाउनका लागि पनि म नेपाली चेलिबेटीहरुमा आग्रह गर्दछु उनले भनेका छन् । नेपाली नारीहरुको महान पर्व तीज, मितव्ययी र कम खर्चिलो भन्दै आपसी सदभाव पारिवारिक सम्बन्धमा सुमधुरता अनि हर्ष र सुखी बोकेर सम्पूर्ण परिवारमा छाउने छ भन्ने शुभेच्छासहित हरितालिका तीजको शुभकामना व्यक्त गर्दछु प्रदेश प्रमुखले भनेका छन् ।