Loading... आजः २७ जेष्ठ २०८३, बुधबार । Wednesday 10th June 2026
ताजा खबर
  

एशियन लाईफ ईन्स्योरेन्सद्वारा चेक हस्तान्तरण

दैलेख ।
सामाजिक सुरक्षा र बचतको लागी बिमा गरौं भन्ने उद्देश्यका संचालन भएको एशियन लाईफ ईन्स्योरेन्स प्रस्तावित शाखा दैलेखले कालगतीका कारण मृत्यू भएकी स्वर्गिय कृष्णकुमारी कटुवालको परिवारलाई बिमा रकम हस्तान्तरण गरेको छ । नारायण नगरपालिका वडा नं.४ सोत घरभई हाल वडा नं.६ मा व्यासाय गर्दै आएका कटुवालको परिवारलाई बिमा रकम हस्तान्तरण गरिएको हो । उनको यहि असार १३ गते कालगतिका कारण निधन भएको थियो ।
कटुवालले एशियन लाईफ ईन्स्योरेन्समा १५ बर्षिय एशियन सावधिक जीवन बीमा योजना अन्तर्गत १ लाख रुपैयाको बिमा गरेका थिए । उनको २०७६ साल असार १३ गतेका दिन निधन भएपछि प्रस्तावित शाखा दैलेखले नारायण नगरपालिका ६ मा एक कार्यक्रमका बिच बुधबार रु १ लाख २४ हजार ६ सय रुपैयाको चेक उनका श्रीमान हस्तबहादुर कटुवाललाई हस्तान्तरण गरिएको एशियन लाईफ ईन्स्योरेन्स दैलेखका बिजनेश म्यानेजर लक्ष्मिप्रसाद जैसीले जानकारी दिए । कटुवालले पांच किस्ता वापत रु ३४ हजार ६ सय २५ रुपैया कम्पनीमा बुझाएका थिए ।
होटल व्यवसाय संचालन गर्दे आएका मृतका श्रीमान् हस्तबहादुर कटुवालले आफ्नो श्रीमतिले बेलैमा सोचेर जीवन बिमा गरिदिएको हुँदा आज उनी नरहेतापनि उनको मृत्यु पश्चात प्राप्त गरेको बिमाको रकमले आफ्नो सन्तानको उच्च शिक्षाका लागी केहि राहत हुने बताउँदैै जीवन बिमा नगर्नु भएकालाई जीवन बिमा गर्नका लागी अनुरोध गर्दे यसरी मृतककै घर आँगनमा आएर रकम हस्तान्तरण गरेको प्रति खुसी व्यक्त गर्दे धन्यवाद समेत दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि एवम् नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्नबहादुर खड्काले जीवन बिमाको भविष्य उज्जवल भएको कुरामा जोड दिदै आफ्नो नगरपालिकाले पनि नगरपालिका भित्र रहेका कर्मचारीहरुको जीवन बिमा गराउने अनिवार्य गर्नुका साथै आफ्नो नगरभरी बिमा योजना शुरु गर्ने बताउनु भयो । खड्काले हामी सबै जना लागेर बिमा सम्बन्धि चेतना फैलाउन अनिवार्य रहेको हुँदा चेतना अभिबृद्धि गराउने प्रति आफूले व्यापक छलफल गरी नागरिकलाई सु–सुचित गर्ने कार्यमा वा कार्यका लागी सबैको सहयोगको अपेक्षा समेत गरेको बताए ।
जीवन बिमाको खाँचो सबैलाई रहेको र आजको बचतले भोलिलाई सहज पार्ने बताए । खड्काले घरआँगनमा आउने अभिकर्ताहरुको कुरा राम्रोसँग बुझेर बिमा गर्नुपर्ने बताउँदै मृतकको परिवारलाई यसरी आफ्नो व्यक्तिले जीवनवीमा गरी दिए वापत बिमावाट प्राप्त रकम नावालक छोराछोरीको शिक्षादिक्षा र उचित कार्यमा लगाउनु पर्ने समेत आग्रह गरेका थिए ।
कार्यक्रमका सभापति एवंम् एशियन लाईफ इन्स्योरेन्स कम्पनीका प्रस्तावित शाखा प्रमुख मिलन श्रेष्ठले, जीवन बिमाको महत्वको बारेमा जानकारी गराउदै हालसम्म पनि मानिसहरुले जीवन बिमाको बारेमा राम्रोसँग जानकारी नपाएको औल्याए । चेक हस्तान्तरण कार्यक्रममा बोल्दै श्रेष्ठले यदि मानिसहरुले जीवन बिमाको बारेमा राम्रोसँग जानकारी पाएको भए बैशाख १२ गते गएको बिनाशकारी महाभुकम्पमा परि करिब ९ हजारले ज्यान गुमाएको भए पनि नेपालमा रहेको सबै बिमा कम्पनीहरुले ३ सय जनाको मृत्यु दाबि भुक्तानी मात्र बितरण गरिएको, यसमा पनि एशियन लाईफ इन्स्योरेन्स कम्पनीले ६५ जना मृतकहरुको परिवारलाई मृत्यु रकम भुक्तानि गरेको बताए ।
श्रेष्ठका अनुशार हाल सम्म नेपालको जनसंख्याको कुल २५ प्रतिशत जनताहरुले मात्र जीवन बिमा गरेको तथ्यांक रहेको बताए । यसै गरी सभापति श्रेष्ठले अहिलेको समयमा जीवन बिमा कम्पनीले धेरै बेरोजगारीहरुलाई रोजगारी सृजना गर्ने कार्य गरेको बताउदै सर्वसाधारणहरुले जीवन वीमा गर्दा बजारमा चलेको हल्ला भन्दा पनि राम्रो बीमा कम्पनीमा बिमा गर्न अनुरोध समेत गरे ।
एशियन लाईफ इन्स्योरेन्स कम्पनीका प्रस्तावित शाखा प्रमुख प्रबन्धक मिलन श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमम स्थानीय समाजसेवी, शाखाका एजेन्सी म्यानेजरहरुको उपस्थित रहेको कार्यक्रमको सहजीकरण अभिशेष सोनीले गरेका थिए ।